२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा ओमिक्रोनका कारण करिब आठ गुणाले सङ्क्रमित वृद्धि



अ+ अ-

नयाँ दिल्ली । द्रुतरूपमा फैलिएको ओमिक्रोन संस्करणले भारतमा यस वर्षको सुरुदेखि दैनिक सङ्क्रमणमा झन्डै आठ गुणा वृद्धि गरेको छ ।
 
भारतले सोमबार एक लाख ७९ हजार ७२३ नयाँ सङ्क्रमित थपिएको जनाएको छ । भारतका नयाँ दिल्ली, मुम्बई र कोलकाताजस्ता ठूला शहरमा ओमिक्रोनले डेल्टा भाइरसको सबैभन्दा प्रचलित स्ट्रेनलाई उछिनेको बताइएको छ । 

भारतले कोरोना सङ्क्रमणबाट सोमबार १४६ जनाको मृत्यु भएको बताएको छ ।  सन् २०२० को शुरुमा भारतमा महामारीले पहिलो पटक प्रहार गरेदेखि मृत्यु हुनेको सङ्ख्या चार लाख ८३ हजार ९३६ पुगेको छ । यो सङ्ख्या  विश्वमा तेस्रो उच्च हो। एजेन्सी