२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘अञ्जिला’ ५१ औँ दिनमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ ।

चलचित्रका निर्देशक मिलन चाम्सले खेलाडीको विषयमा बनेको चलचित्र प्राप्त गरेको सफलताले देशभक्ति र देशको गौरवका विषयसँग जोडिएको विषयमा चलचित्र बनाउने आँट चलचित्रकर्मीलाई आएको प्रतिक्रिया दिएका छन् ।

यस चलचित्रले काठमाडौँ, ललितपुर र भक्तपुरमा रहेका सबैजसो सिनेमा घर र क्युएफएक्समा प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । उपत्यका बाहिर धरान, विराटनगर, इटहरी, बिर्तामोड, बुटबल, बनेपा, नेपालगंज समेतका विभिन्न हलमा पनि यस चलचित्रले ५१औं दिन मनाएको छ ।

चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्रबाट भएको मुनाफाले कप्तान सुब्बाको घर बनाउने यसअघि नै घोषणा गरिसकेका छन् । उनले छिटोभन्दा छिटो कप्तान सुब्बाको घरका बारेमा टुङ्गो लगाउने र आफ्नै घरमा बस्ने सपना छिटै पुरा गर्ने पनि बताएका छन् ।

यस चलचित्रमा कप्तान सुब्बासँगै दयाहाङ राई, माओत्से गुरुङ, सिर्जना सुब्बा, विजय बराल, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्र गत फागुन २९ मा प्रदर्शन सुरू भएको थियो ।