९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘अञ्जिला’ ५१ औँ दिनमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ ।

चलचित्रका निर्देशक मिलन चाम्सले खेलाडीको विषयमा बनेको चलचित्र प्राप्त गरेको सफलताले देशभक्ति र देशको गौरवका विषयसँग जोडिएको विषयमा चलचित्र बनाउने आँट चलचित्रकर्मीलाई आएको प्रतिक्रिया दिएका छन् ।

यस चलचित्रले काठमाडौँ, ललितपुर र भक्तपुरमा रहेका सबैजसो सिनेमा घर र क्युएफएक्समा प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । उपत्यका बाहिर धरान, विराटनगर, इटहरी, बिर्तामोड, बुटबल, बनेपा, नेपालगंज समेतका विभिन्न हलमा पनि यस चलचित्रले ५१औं दिन मनाएको छ ।

चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्रबाट भएको मुनाफाले कप्तान सुब्बाको घर बनाउने यसअघि नै घोषणा गरिसकेका छन् । उनले छिटोभन्दा छिटो कप्तान सुब्बाको घरका बारेमा टुङ्गो लगाउने र आफ्नै घरमा बस्ने सपना छिटै पुरा गर्ने पनि बताएका छन् ।

यस चलचित्रमा कप्तान सुब्बासँगै दयाहाङ राई, माओत्से गुरुङ, सिर्जना सुब्बा, विजय बराल, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्र गत फागुन २९ मा प्रदर्शन सुरू भएको थियो ।