१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

स्टिङ अपरेसन प्रभावकारी तर भ्रष्टाचार उस्तै

स्टिङ अपरेसन प्रभावकारी तर भ्रष्टाचार उस्तै
अ अ+ अ-

काठमाडौं । भ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन । अख्तियारले स्टिङ अपरेसनलाई सशक्त बनाएको दाबी गरे पनि भ्रष्टाचार नियन्त्रण भने निकै चुनौतीपूर्ण देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा अख्तियारले घुस रिसवतसम्बन्धी २ सय ५ वटा मुद्दा दायर गरेकामा ती मुद्दामा ६ करोड ९१ लाख ४९ हजार ७० रुपैयाँ बिगो माग दाबी गरिएको छ । रंगेहात पक्राउ गरिएका व्यक्तिको मुद्दामा अख्तियारले प्रायः जित्दै आएको छ । रंगेहात पक्राउ परेका भ्रष्टाचारीबाट बिगो असुल भएमा राज्यकोषमा एक वर्षमा झन्डै ७ करोड जम्मा हुने देखिएको छ । अख्तियारले आर्थिक वर्ष २०७६/७७ मा जारी गरेको विज्ञप्ति र उसले विशेष अदालतमा दायर गरेको मुद्दाको विश्लेषण गर्दा स्टिङ अपरेसन प्रभावकारी भएको पाइएको हो ।

यद्यपि, राष्ट्रसेवक कर्मचारीमा घुस असुल्ने प्रवृत्तिमा भने कमी आएको छैन । अख्तियारले स्टिङ अपरेसन बढाए पनि कर्मचारीको घुस खाने प्रवृत्ति नरोकिँदा भ्रष्टाचार नियन्त्रण थप चुनौतीपूर्ण देखिएको हो । अहिले पनि अख्तियारको हिरासतमा रंगेहात पक्राउ परेका १८ जना छन् । रंगेहात पक्राउ परेका व्यक्तिका कारण हिरासत भरिएको अख्तियारले जनाएको छ । आयोगको हालसम्मकै इतिहासमा गत आर्थिक वर्षमा सबैभन्दा बढी ४ सय ४१ वटा मुद्दा दायर गरिएकामा घुस रिसवतसम्बन्धी मुद्दामा पनि अख्तियारले नयाँ रेकर्ड कायम गरेको हो । अख्तियारको एक वर्षको प्रगति विवरण समीक्षा गर्दा २ सय ५ वटा घुस रिसवतका मुद्दामा १ सय ८१ वटा स्टिङ अपरेसनका छन् । बाँकी २४ वटा मात्रै अन्य प्रकृतिका मुद्दा रहेका छन् ।

अख्तियारको वार्षिक प्रगतिलाई विश्लेषण गर्दा औसतमा एक मुद्दा बराबर ३ लाख ३७ हजार घुस लिएको देखिएको छ । एक वर्षको अवधिमा मात्रै घुस रिसवतसम्बन्धी कारबाहीमा २ सय ८ जना राष्ट्रसेवकसहित २ सय ७७ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको थियो । त्यस आवमा जम्मा २ सय ९६ दिन कार्यालय खुलेको हिसाबअनुसार प्रतिदिन एक जना व्यक्ति घुस रिसवत कारबाहीमा परेको पाइएको छ । अख्तियारले लकडाउनको अवधिमा मात्रै विभिन्न प्रकृतिका ९७ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । सो अवधिमा ३ हजार ३ सय ७५ वटा उजुरी परेका थिए ।

आयोगका अनुसार घुस रिसवत लिने क्रममा रंगेहात पक्राउ पर्नेमा विशिष्ट श्रेणीका २, उपसचिव तहका १३ र शाखा अधिकृत तहका ५३ छन् । यसैगरी, नायब सुब्बास्तरका ६९, खरिदार तहका २७, जुनियर कर्मचारी २८ तथा अन्य १६ जना घुस खाँदै गर्दा रंगेहात पक्राउ परेका छन् । त्यस अवधिमा पक्राउ पर्ने उच्च तहमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियार, गुठी संस्थान जनकपुरका प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोजकुमार आचार्य, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल छन् ।

यसैगरी, सिनियर डिभिजनल इन्जिनियर सुवास बस्नेत, सिडिई जितेन्द्रकुमार चौधरी, जुनिचिदी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी, सिडिई ध्रुवकुमार श्रेष्ठ, भन्सार अधिकृत कृष्णबहादुर बस्नेतलगायत रहेको अख्तियारले जनाएको छ । राजधानी दैनिक