१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

लकडाउन खुल्यो, जोखिम झनै बढ्यो !

लकडाउन खुल्यो, जोखिम झनै बढ्यो !
अ अ+ अ-

काठमाडौँ । संक्रमण रोकथामका लागि आवश्यक आधार तयार नगरी सरकारले लकडाउन हटाएकाले जोखिम झनै बढेको विज्ञहरूले बताएका छन् । उनीहरूले कुनै पनि बेला कोभिड–१९ संक्रमणको विस्तार व्यापक हुन सक्ने चेतावनी दिएका छन् । लकडाउन खोलेपछि संक्रमितको संख्या अझै बढ्ने भए पनि त्यसअनुसारको सबै तयारी सरकारबाट हुन नसकेकोमा उनीहरूको गम्भीर आपत्ति छ । ‘अहिले संक्रमित दिनहुँ देखिराखेकै अवस्था छ, बुधबार पनि सरकारले दुई जनाको मृत्यु भएको बताइरहेको छ । यस्तोमा लकडाउन टुंगियो भन्दा अलि नमिलेजस्तो देखिन्छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने, ‘लकडाउन खोल्न केही आधारहरू पूरा गर्नैपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत चारवटा आधार भए मात्र लकडाउन हटाउन सकिने भनेको छ, तर नेपालले यो पालना गरेन ।’

डा. कार्कीका अनुसार डब्लूएचओले तोकेको आधारअन्तर्गत लकडाउन हटाउन संक्रमितको संख्या अत्यन्तै कम हुनुपर्नेछ । लकडाउन हटाएपछि जोखिम अझै बढ्ने भएकाले संक्रमितको उपचार गर्न विशेष र अत्यन्तै राम्रो हिसाबले अस्पतालको तयारी गरिनुपर्छ । स्वास्थ्य जनशक्ति, भेन्टिलेटर, आईसीयू बढाउनुपर्छ । पीसीआर परीक्षणको दायरा व्यापक बनाउनुपर्छ । लकडाउन खुलेपछि आम व्यक्ति काममा फर्कने भएकाले कार्यालय वा कार्यस्थलमा सुरक्षित साथ काम गर्ने वातावरण सम्बन्धित कार्यालयले मिलाउनुपर्छ । कार्यालयमा कर्मचारी संक्रमणबाट जोगिने सुनिश्चितता हुनुपर्छ । लकडाउनपछि कसरी सुरक्षित हुने भन्नेबारे सर्वसाधारण सुसूचित हुनुपर्छ । लकडाउन खुलेपछि नयाँ सामान्यीकरणमा सुरक्षित हुने वातावरण राज्य र सम्बन्धित निकायले बनाउनुपर्छ ।

‘डब्लूएचओले तोकेका चारवटै आधार पूरा भएको सुनिश्चिततापछि मात्र लकडाउन खोल्ने हो,’ डा। कार्कीले भने, ‘अरू त अरू, तर हामीकहाँ लकडाउन हुँदा र खुलेपछि बिरामीको उपचारका लागि अस्पतालको तयारीसमेत खासै फरक छैन ।’ सरकारले डब्लूएचओका कुनै पनि आधार पूरा नगरेकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘अब कुनै पनि बेला संक्रमित संख्या बढ्न सक्छ र पुनः लकडाउनमा फर्किनुपर्ने हुन सक्छ ।’ विभिन्न मुलुकको अनुभव, अन्तर्राष्ट्रिय मापदण्ड र डब्लूएचओको सुझावअनुसार लकडाउन खोलेपछि संक्रमितको संख्या बढ्ने गरेको छ । ‘संक्रमित बढ्छ भनेर हेक्का राखेर, सबै पूर्वतयारी गरेर मात्र लकडाउन खोल्ने हो, हामीकहाँ लकडाउन सुरु भएका बेला र अहिलेको अवस्था तुलना गरेर हेर्ने हो भनेपछि आईसीयू र भेन्टिलेटर संख्यासमेत बढेको छैन,’ डा. कार्कीले भने ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। मदनकुमार उपाध्यायले पनि जोखिम झनै बढेको बताए । ‘देश काठमाडौं मात्र हैन । हालसम्म समुदायमा संक्रमणको अवस्था जान्न स्क्रिनिङ गर्न सकेका छैनौं । समुदायमा संक्रमण छरछैन सुनिश्चित गरेपछि मात्र लकडाउन खोलिनुपर्थ्यो । बारा, पर्साकै कुरा गर्ने हो भने पनि एकै दिन ५० जनासम्म संक्रमित देखिने गरेका छन् ।’ सरकारले विज्ञहरूको सहयोग नलिएकाले ‘स्थिति भयावह हुन सक्ने’ उनले भनाइ छ । सरकारले अर्थतन्त्र चलायमान बनाउन लकडाउन खोलेको देखिएको स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा। प्रवीण मिश्रले बताए । ‘सरकारले योजनाबद्ध रूपमा लकडाउन खोल्नु पर्थ्यो, सायद आर्थिक अवस्था हेरेर खोलियो,’ उनले भने, ‘अब लकडाउन खुलेपछि अपनाइने सरकारी मापदण्ड पूर्ण पालना गर्नुपर्छ, घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षाको उपाय नअपनाए स्थिति भयावह हुन सक्छ ।’

गरिब र विकासोन्मुख राष्ट्रलाई निःशुल्क खोप उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन’ (गाभी) र ‘डब्लूएचओ’ का माध्यमबाट सरकारले कोरोनाविरुद्घको खोप मगाउन पहल गर्नुपर्ने औंल्याउँदै डा. मिश्रले भने, ‘र, खोप आउनुअघि स्वास्थ्य सुरक्षाका प्रोटोकल सबैले पालना गर्नुपर्छ गराउनुपर्छ ।’ सरकारले समयमै पहल गरे कोरोनाको खोप नेपालले समयमै पाउन सक्नेमा उनले जोड दिँदै भने, ‘हाम्रा लागि दुई करोड मात्रा खोप पर्याप्त छ र यो हामी पाउन सक्छौं ।’ हाल बेलायतलगायत देशमा कोरोनाको खोप परीक्षण अन्तिम चरणमा पुगेको छ । अर्थ व्यवस्था बचाउन लकडाउन खोलिएको जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘सबैले स्वास्थ्य मापदण्ड पालना नगरे संक्रमण व्यापक हुन्छ । समुदायमा फैलियो भने हाम्रो हालत वुहान (चीन) भन्दा पनि खराब हुनेछ ।’

कोरोना मुलुकबाट छिटो नजाने र कुनै न कुनै रूपमा रहिनै रहने औंल्याउँदै वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले भने, ‘हरेक नागरिक जिम्मेवार हुनुपर्‍यो । घरबाहिर निस्कँदा, दुई मिटर सामाजिक दूरी कायम गर्नुपर्‍यो । मास्क लगाउनुपर्‍यो । निरन्तर साबुनपानीले हात धुनुपर्‍यो ।’ हेर्दा सामान्य लागे पनि यसो गर्न सके कोरोना फैलिन नदिन ठूलो सघाउ पुग्ने उनले बताए । कान्तिपुर दैनिक