२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए फुटाउने खेलमा नलाग्न महाधिवेशन प्रतिनिधिहरुको चेतावनी



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघको एकता महाधिवेशनका लागि नेपाल आएका प्रतिनिधिहरुले महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।

वर्तमान समयमा नेपालका राजनीतिक दलहरुले एनआरएनएका विषयमा फरक—फरक तरिकाबाट व्याख्या गरिदिएकाले पनि यो महाधिवेशन विशेष रहेको उनीहरुको भनाइ छ । मंगलवार नेपाल आएका युरोपका प्रतिनिधिहरुले नेपालको कानूनले दिएका सम्पूर्ण प्रक्रिया पूरा गरी महाधिवेशन सफल बनाउने बताएका छन् । बाध्यात्मक अवस्थामा महाधिवेशन गर्नुपर्ने भएकाले सञ्चारकर्मी, राजनीतिक दल, नागरिक समाजलगायत संवद्ध सबैलाई महाधिवेशन सफल बनाउन उनीहरुको आग्रह छ ।

साथै प्रतिनिधिहरुले संस्थापक सदस्य या अन्य जो कोही भएपनि कुनैपनि बहानामा एनआरएनए फुटाउने खेलमा नलाग्न संवद्ध सबैलाई अनुरोध गरेका छन् ।