१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

संसद्को खर्च: असारमा मात्र १७ करोड, अन्य महिनाको तुलनामा ५० प्रतिशतभन्दा बढी

संसद्को खर्च: असारमा मात्र १७ करोड, अन्य महिनाको तुलनामा ५० प्रतिशतभन्दा बढी
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । संघीय संसद् सचिवालयमा आर्थिक वर्ष २०७६/७७ को अन्तिम महिना असारमा मात्र १६ करोड ७० लाख १६ हजार पाँच सय ३८ रुपैयाँ खर्च भएको छ । अन्य ११ महिनाको तुलनामा यो ५० प्रतिशतभन्दा बढी खर्च हो। बैठक भत्ता, अन्य भत्ता, सुविधा, सवारी मर्मत, भ्रमण खर्च, विविध खर्च, औषधि खर्च, मसलन्द तथा कार्यालय सामग्री, मेसिनरी औजार, फर्निचर तथा फिक्चर्स शीर्षकमा रकम बढी खर्च भएको पाइएको छ। संघीय संसद् सचिवालयमा वार्षिक रूपमा एक अर्ब ३२ करोड चार लाख ७८ हजार तीन सय ५५ रुपैयाँ छुट्याइएको थियो।  

सचिवालयले असार मसान्तमा करिब २० लाख रुपैयाँबराबर भ्रमण भत्ताको रकम अनियमित भन्दै रोके पनि यति धेरै कसरी खर्च भएको भन्ने स्पष्ट जवाफ भने आएको छैन। स्रोतले भन्यो, ‘प्रत्येक वर्ष असारमा सधैं यस्तै हुन्छ, कतिपय नियमसंगत त कतिपय नियमविपरीत।’ सचिवालय प्रवक्ता रोजनाथ पाण्डेले मुलुकमा लकडाउन भएपछि संसद्मा नयाँ व्यवस्थापन गर्नुपर्ने भएको र वैशाख– जेठमा भएको खर्चको असारमा भुक्तानी दिँदा यो अवस्था आएको बताए। उनले भौतिक दूरी कायम गरी बैठक बस्ने व्यवस्थादेखि सेनिटाइजर, मास्कआदि खरिद गर्दा पनि खर्च बढेको जानकारी दिए।

वर्षभरि भएका कामको असारमा भुक्तानी गर्दा अन्य महिनाको तुलनामा बढी खर्च देखिएको दाबी गर्दै सचिवालयका एक अधिकारीले भने, ‘यो महिना धेरै खर्च देखिन्छ तर अन्य मन्त्रालयमा जस्तो धेरै दुरुपयोग भने संसद्मा हुँदैन।’   गत १२ महिनामा कुल एक अर्ब १७ करोड ९५ लाख ७२ हजार सात सय ९१ रुपैयाँ खर्च भएको छ भने १४ करोड ९ लाख पाँच हजार पाँच सय ६१ रुपैयाँ मात्र बाँकी रहेको देखिन्छ। सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उनीहरूको स्वकीय सचिवालयमा रहेका २८ कर्मचारीको खर्च असारमा मात्र २५ लाख ७० हजार चार सय ५९ रहेको छ। तुलनात्मक रूपमा अन्यभन्दा यो महिना खर्च बढी देखिएको स्रोतले बतायो।  

संसदीय समितिका सभापति, सचिवालयका ८० कर्मचारी, सांसद र स्वकीय कर्मचारीको खर्च असारमा मात्र सात करोड ४९ लाख २९ हजार नौ सय २१ रुपैयाँ रहेको छ। संसद् सचिवालयका कर्मचारीको चालु खर्चतर्फको रकम असारमा मात्र सात करोड सात लाख आठ हजार नौ सय ७५ रुपैयाँ खर्च भएको छ। यसैगरी, कर्मचारीको पुँजीगत खर्च असारमा मात्र एक करोड ८८ लाख सात हजार एक सय ८३ रुपैयाँ भएको छ।

संघीय संसद्मा करिब सात करोड रुपैयाँ कानुनविपरीत खर्च भएको भन्दै महालेखा परीक्षकले औंल्याएको छ। संसद्मा टेन्डर नगरी सोझै ६ करोड ६७ लाख चार हजारको सामान खरिद भएको छ भने नियमविपरीत पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीको भत्ता र खाजा खर्चमा २३ लाख ८७ हजार खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। नागरिक दैनिक