६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा थप ३२ जनामा कोरोना संक्रमण देखियो



अ+ अ-

वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थुनुवा ५ जना भारतीय नागरिक हुन् ।

बिहीबार साँझ गरिएको परीक्षणमा ७ महिला र २५ पुरुषमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए । उनीहरूको साउन ६ र ७ गते स्वाब संकलन गरिएको थियो । संक्रमितमध्ये १८ जना वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका थिए । १३ जना कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेन्टाइनमा ल्याइएका हुन् । बाँकी दुई संक्रमितमा एक जना सर्लाही र एक जना बाराका छन् ।

९ महिने बालकदेखि लिएर ६० वर्षीय वृद्धसम्म संक्रमित भएका छन्,’ डा. सिंहले भने, ‘अधिकांश कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित देखिएका हुन् ।’

स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार श्रीपुर वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका पाँच भारतीयमा कोरोना संक्रमण देखिएको हो । श्रीपुरका प्रहरी निरीक्षक दीपककुमार साहले उनीहरूलाई गत शुक्रबार संक्रामक रोगअन्तर्गत पक्राउ गरिएको बताए । ‘उनीहरूमा कुनै लक्षण थिएन,’ उनले भने, ‘नियन्त्रणमा रहेका प्रत्येक थुनुवाको अनिवार्य पीसीआर परीक्षण गराउनुपर्ने भएकाले स्वाब संकलन गरिएको थियो ।’ कान्तिपुर दैनिक