४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

पत्रकारमाथि दुव्र्यवहार गर्ने दीपेश यादव पक्राउ

पत्रकारमाथि दुव्र्यवहार गर्ने दीपेश यादव पक्राउ
अ+ अ-

लुम्बिनी। पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार स¬ङ्कलनका क्रममा दुव्र्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ ।

सोमबार ८ गते समाचार सङ्कलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा दुव्र्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

रुपन्देही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार यादवमाथि अभद्र व्यवहार मुद्दामा खोजतलासको क्रममा नेपाल‐भारत सिमाक्षेत्रबाट पक्राउ गरिएको बताउनुभयो ।

पत्रकार विश्वकर्माल यादव नेतृत्वको ७÷८ जनाको समूहले समाचार सङ्कलनको क्रममा आफूलाई अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दिनुभएको थियो । यादवलाई कानुनी कारबाही र पत्रकार विश्वकर्मालाई न्यायका लागि लुम्बिनी प्रेस क्लबले यही वैशाख ९ गते जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो ।

अवधिमा यादव पक्राउ नपरेपछि प्रेस क्लबले तीन दिने आन्दोलन कार्यक्रमको घोषणा गर्दै पहिलो दिन कार्यक्रमअन्तर्गत आज ११ गते बिहान सवा १० बजेदेीख एक घण्टासम्म जिल्ला प्रशासन कार्यालय रूपन्देही अगाडि धर्ना दिएको थियो ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार हरिबहादुर थापा, तीर्थ कोइराला, उज्ज्वल शर्मा, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलगायत पेशागत सङ्घ सङ्गठनले ऐक्यबद्धता जनाउनुभएको थियो । रासस