२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कैलालीको नेतृत्व पुनः थापालाई



अ+ अ-

धनगढी । नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित भएका हुन् । 

गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापाले २८७ मत र निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चन्दले २८३ पाएका छन् ।

उपाध्यक्षमा दुर्गाप्रसाद जोशी र सचिवमा डेजी पाण्डे निर्वाचित भएका छन् । उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । जिल्ला नेतृत्वसहितका पदाधिकारीमा आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको हो । 

एक सय ५० सदस्यीय जिल्ला कार्यसमितिको महिला र थारू क्लष्टरतर्फका सदस्य भने निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए ।