२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिगत महत्वकांक्षा भन्दा माथि उठेर कानून व्यवसायीहरुको हक हितका लागि काम गर्नेछौँः अध्यक्ष मिश्र



अ+ अ-

काठमाडौँ । नेपाल बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित हुनुभएको छ ।

मिश्र पाँच हजार ५२ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले दुई हजार ६२१ मत प्राप्त गर्नुभयो । मिश्रले दुई हजार ४३१ मतान्तरले श्रेष्ठलाई पराजित गर्नुभयो । नेपाल बार चुनावमा मिश्रको प्यानलबाट प्यानलबाट २५ मा २५ जना नै निर्वाचित हुनुभएको छ । बार अध्यक्षमा विजयी भएसँगै

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष मिश्रले जितसँगै जिम्मेवारी थपिएको र जिम्मेवारीसँगै गम्भीर बनेर अघि बढ्ने बताउनु भयो । स्वतन्त्र र स्वच्छ न्यायपालिकाको स्थापना, विकृति विहीन न्यायपालिका, राम्रा न्यायकर्मी, भ्रष्टाचारमुक्त न्यायपालिका, संविधानको समयवघ संशोधन आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । कानून व्यवसायीहरुलाई तालिमको व्यवस्था, लयर्स सेकेण्डरीको स्थापना, समुचित कानूनी शिक्षाको व्यवस्था, नेपाल बार एशोसिएशनमा महिला र युवा कानून व्यवसायीहरुको मुल प्रवाहमा आउने क्रम शुरु गर्ने र नेपाल बारको समग्र कार्य प्रणाली परिवर्तन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो ।

आफूहरुका मात्रै प्रतिष्पर्धीहरुको घोषणापत्र पनि कार्यान्वयन गर्ने, सबैलाई समेटेर अघि बढ्ने बताउनु भयो । व्यक्तिगत महत्वकांक्षा भन्दा माथि उठेर कानून व्यवसायीहरुको लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।