८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले कठालोमा समातेर गलहत्याउने प्रभु साहको चेतावनी

सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले कठालोमा समातेर गलहत्याउने प्रभु साहको चेतावनी
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश लुटेर खाने र खोक्रो बनाउने चोर र दलाल नेताहरूलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका छन् ।

आज जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको तेस्रो जनआन्दोलनको ऐतिहासिक सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले चोर नेताहरुले जतिसक्दो चाँडो सिंहदरबार खाली गर्दा नै उनीहरुको भलाई हुने चेतावनी दिएका हुन् । लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरुले सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने उनको उद्घोष छ ।

सम्बोधनको सुरुवातमै आक्रोश बोकेर पेश भएका पूर्वमन्त्री साहले नेताहरुको व्यवहारलाई कडा प्रश्न गरे । उनले भने,‘यी चोर नेताहरुलाई म सोध्न चाहन्छु–के तिमीहरुलाई राजा बनाउनको लागि नेपाली जनताले लडेका थिए ? तिमीहरुको छोराछोरीलाई विदेशमा मोजमस्ती गरुन् भनेर हामीले आन्दोलन गरेका थियौं ? के तिमीहरुलाई र तिमीहरुको खानदान, दर खानदानसम्मलाई पुग्ने अकुत सम्पत्तिको मालिक बनाउनको लागि लडेका थियौं ?’

साहले जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिहरु पनि अहिलेका शासकहरुले बेचेर खाएको गम्भीर आरोप लगाए । ‘देशलाई बन्धकी राखेर तिमीहरुको स्वार्थपूर्ति गर्न त हामी लडेका थिएनौं नि, नेपाली युवाहरुलाई विदेशमा मार्न तिमीहरुलाई नेता बनाएका हौं ? तिमीहरुको आसेपासेलाई मोटाउन हामी युद्ध लगेका थियौं र ?’ साहले आज देशमा नेताहरुको आसेपासे मालामाल भएको तर जनता बेहाल अवस्थामा रहेको चित्रण गरे ।

उनले भने,‘हामी हेर्न सक्छौं, लुट र भ्रष्टाचार बढेको छ, जनता लाचार बन्नुपरेको छ । नेताहरुको छोराछोरी विदेशमा मोजमस्ती गरिरहेका छन्, तर गरिबका छोराछोरी परिवार पाल्नको लागि विदेशमा मरिरहेका छन् । देश उजाड छ, जनता निराश छन् । नेताहरु मस्तीमा छन्, जनता सास्ती भोगिरहेका छन् ।’

साहले देशमा अहिले बिना घुस र कमिशन कुनै काम हुन नसक्ने बाध्यता सुनाए । जनताको करबाट बनेको बजेट आज टाउके नेताहरुले निजी सम्पत्तिजस्तो अंशबण्डाझैं भागबण्डा लगाएर खाईरहेको उनको गम्भीर आरोप छ । उनले भने,‘जल बेचे, जमिन बेचे, जंगल बेचे, यी चोर नेताले आज हुँदाहुँदै जनतासमेत बेचिरहेका छन् । लुटेराहरुले देशको सम्पत्ति खुलेआम विदेशमा थुपारिरहेका छन् ।’ कहिल्यै कसैको गुलाम नभएको देशलाई अहिलेका चोर नेताहरुले विदेशीको गुलाम र दलाली गर्दा आज नेपाल र नेपालीहरुको इज्जत तारतार भएको उनको आरोप छ ।

उनले शहीदहरुको रगतको व्यापार भैरहेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले शहिदरुको रगतको व्यापार भैरहेको छ, बदलावको बहाव बरालिएको छ, आन्दोलनका वीर योद्धाहरु विक्षिप्त छन् । नेताहरुको कुकर्म र अत्याचारले देश अँध्यारो सुरूङमार्गमा फसेको छ ।’ साहले आफूहरुले थालेको आन्दोलनको वेगलाई अहिलेका चोर नेताले रोक्न नसक्ने चेतावनी दिए । ‘इतिहास साक्षी छ, नदीको प्रवाहलाई कसैले छेक्न सकेको छैन, हावाको बहावलाई कसैले रोक्न सकेको छैन, त्यसैले याद राख–तिमीहरुले हाम्रो आन्दोलनको वेगलाई रोक्न सक्ने छैनौं । हिजो नेपाली जनताले राणालाई भगाएकै हो, राजालाई हटाएकै हो, अब तिमीहरु भ्रष्ट, दलाल र लुटेराहरुलाई लखेट्ने निश्चित् छ ।’

साहले छोटे राजाहरुले काठमाडौंमा कवाड व्यवसाय र मजदुरहरुमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगर र यसको नेतृत्व बालेन्द्र शाहको ज्यादतीको पनि भण्डाफोर गरेका थिए । उनले कवाडमा आवद्धहरुलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको र आतंकको वातावरण सिर्जना गरेको भन्दै त्यसको विरोध गरे । काठमाडौंजस्तो संघीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीहरुलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवताविरोधी अपराध गरेको भन्दै साहले कडा आपत्ति जनाए ।

उनले भने,‘युद्ध लड्दापनि दुश्मनलाई पानी रोकिँदैन्, तर यहाँ संघीय राजधानी काठमाडौंमा त सुकुम्वासीहरुलाई राज्यले पिउने पानी रोकेर मानवताविरोधी अपराध गरेको छ, यो अपराध अक्षम्य छ, म सरकारलाई चेतावनी दिन्छु–यो हदसम्मको अपराध गर्न मिल्छ ? तपाईंहरु मानवता हराएको मान्छे हो भन्ने थाहा छ, तर यो तहको मानवताविरोधी अपराध गर्न मिल्छ ?’ उनले सरकारमा बसेर निमुखा जनतामाथि राज्य बर्बरता र मानवताविरोधी अपराध गर्ने जो÷कोहीलाई पनि जनताले अब नछोड्ने चेतावनी दिए ।

उनले जनतामाथि दुनियाँमा नभएको कर आतंक मच्चाईएको भन्दै तत्काल त्यो कर आतंक रोक्नपनि माग गरे । नेपालमा दुनियाँमा नभएको तीन तहको ७६१ वटा सरकारले मनोमानी ढंगले कर आतंक सिर्जना गरेको र तर त्यसको बदलामा केहीपनि सुविधा नदिएको भन्दै अब जनता करको सास्ती खेपेर बस्ने अवस्थामा नभएको भन्दै उनले कर बहिष्कारको लागि आम जनतासामू अपिल गरे । उनले नेपालमा बैंक, लघुवित्त र सहकारीको समस्यापनि चरम सिमामा पुगेको भन्दै जताततै ठगिनेमा जनता नै परेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले नेपालमा बैंकरहरु नै मालिक र ऋणी बनेको भन्दै यो अपराधपनि अब स्विकार्य नहुने चेतावनी दिए । उनले दलित आवासको नाममा पनि निमुखा दलितहरुमाथि अत्याचार गरेको भन्दै कडा आपत्ति जनाए । उनले आजको युगमा ७५ हजारमा आवास बन्छ ? भन्दै सरकारमा बसेकाहरुलाई प्रश्न गरे । उनले भने,‘तिमीहरु लाखौंको वस्त्रधारण गर्ने अनि दलित आवास चाहीा ७५ हजारमा बनाउने भनेर ठग्ने काम गर्छौं, अब यो स्विकार्य हुँदैन् ।’

सिंगो देश र जनताले गौरव गर्नुपर्ने किसान आज पिल्सिनुपरेको र गरिबीमा बाँच्नुपर्ने अवस्थामा पुर्याउने नेताहरुलाई कुनैपनि हालतमा अब जनताले नछोड्ने अर्को चेतावनी दिए । उनले तत्काल किसानलाई पेन्सन दिनपनि सरकारलाई आग्रह गरे । श्रेणिविही कर्मचारीलाई तत्काल लोकसेवा खुलाएर स्थायी गर्नपनि साहको माग छ । उनले सरकारले प्राकृतिक स्रोत र सम्पदाको दोहन गरेको भन्दै त्यसमा पनि विरोध जनाए ।

वैदेशिक रोजगारीमा भैरहेको ठगीमा सरकार नै साझेदार बनेको र उल्टै आफ्ना नागरिकलाई लुट्ने काम गरेको साहको गम्भीर आरोप छ । उनले भने,‘नेपाली युवाहरु ठगिएको बारेमा मैले संसद्मा आवाज उठाएँ, प्रधानमन्त्रीले म मेनपावर हुँ भन्नुभयो, तपाईं मेनपावर नभएको भए कसरी जनता विदेश गैरहेका छन्, श्रम स्विकृति कसले दिएको छ ? डिमाण्ड लेटर कसले बनाउँछ ? म भन्छु वैदेशिक रोजगारीको सवालमा सरकार नै एक नम्बरको र ठूलो मेनपावर हो । यस क्षेत्रमा हुने ठगीको जिम्मा सरकार र प्रधानमन्त्रीले लिनुपर्छ ।’

जनआन्दोलन दिवसको अवसरमा दलाल दलतन्त्रको लुट एंव भ्रष्टाचार विरुद्ध आजपाद्वारा काठमाडौंमा आयोजित तेस्रो जनआन्दोलनको बिरोध प्रदर्शन समेत भएको छ ।  प्रदर्शन भृकुटीमण्डपबाट शुरु भएर भद्रकाली, सहिद गेट, सुन्धारा, रत्नपार्क, जमल, घणटघर हुँदै पुन भृकुटीमण्डपमै पुगेर सभामा परिणत भयो ।