२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल क्षेत्रसंग मेरिना इम्पेक्सको सहकार्य निरन्तर



अ+ अ-

काठमाडौं:  मेरिना इम्पेक्स क्रिकेटसँगै फुटबलमा पनि सहकार्य सहित जोडिएको छ । तेस्रो संस्करणको एनसेल एनएसएलमामा मेरिनाले व्यवसायीक सहकार्य गरेको हो ।

विगत केही वर्षयता नेपाली क्रिकेटमा प्रभावशाली योगदान दिँदै आएकोमा अब फुटबलमा पनि आफ्नो उपस्थिति जनाउन लागेको मेरिना ईम्पेक्सका डाइरेक्टर राम प्रसाद अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीको प्रतिभा उजागर गर्न तथा खेलकुदको विकासमा योगदान पुर्‍याउन कम्पनीले विभिन्न खेलकुद प्रतियोगितामा सहकार्य गर्दै आएको छ।

खेलकुद राष्ट्रको पहिचान हो, त्यसैले हामी क्रिकेट र फुटबल दुबैमा सहकार्य गरिहेका छौ- मेरिना इम्पेक्सका प्रतिनिधि अर्यालले जानकारी दिनुभयो ।

देशप्रेम र खेलकुदप्रतिको समर्पणलाई आत्मसात गर्दै मेरिना इम्पेक्सले नेपाली युवालाई अवसर र प्रेरणा प्रदान गर्दै, राष्ट्रको सम्मानमा थप इट्टा थप्ने काम गरिरहेको उहाँले जानकारुी दिनुभयो ।

इम्पेक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र क्यानका बोर्ड सदस्यहरुलाई सुट उपलब्ध गराउदै आएको छ । इम्पेक्सले बिगत ४१ बर्ष देखी सर्टिङ सुटिङको व्यवसाय गदै आएको छ ।




भर्खरै