१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी



फाईल फोटो
अ+ अ-

महोत्तरी् । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका  थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ । यसपालि यो पर्व शनिबार परेको छ ।

थारू बस्तीमा अहिले पर्वका लागि सबै माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितको जोहोमा लागेका छन् । बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारू बस्तीलाई पर्वको चहलपहलले तताएको छ । छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र नजिकका इष्टमित्र पर्वमा डाक्ने थारू जातिको परम्परा छ । भङ्गाहा नगरपालिका–७ मेघरोलकी नगिना सिंह थारू पर्वका लागि आवश्यक बस्तु जुटाउने चटारो बढेको बताउनुहुन्छ ।

बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएको मगर समुदाय पनि माघेसङ्क्रान्तिको तयारीमा जुटेको छ । मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा निम्तो दिने चलन छ । बर्दिवास र गौशालामा मगर समुदायको बाक्लो बसोबास छ । बर्दिवासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुरमा थारूको बाहुल्यता छ ।

बजारमा तील, सख्खर (मिठ्ठा), चिउरा र मुरी किनबेच बढेको छ ।  तील, चिउरा, मुरी (विशेष प्रकारको चामलबाट बनाइने भुजा) र जुनेलो (अन्न विशेष) भुटेर सख्खरको खुँदोमा  मिसाइ लाई (लड्डु) बनाइने परम्परा छ । गौशाला निगौल बस्तीकी रासवती थारूका अनुसार तील, चिउरा, जुनेलो र मुरीका लाई ९लड्डु० बनाएर कूलदेवतालाई चढाइ खाने मैथिल परम्परा छ । बजारमा तील र सख्खरको मूल्य आकाशिएको छ । यसअघि प्रतिकिलो रु १५० देखि रु २०० सम्म  पाइने तील अहिले रु ३५० सम्ममा र सख्खर प्रतिकिलो रु १०० सम्ममा बिक्री भइरहेको छ । 

उखु किसान पर्वलाई लक्षित गरी घरघरमा उखु पेलेर मिठ्ठा ९सख्खर० बनाउन व्यस्त छन् । उखुु किसान तिलासक्रायत पर्वमा मिठ्ठा ९सख्खर०को माग र भाउ दुवै बढ्दा केही राहत भएको बताउँछन् । पर्वमा तील, चिउरा र मुरीलाई सख्खरमा मुछेर बनाइएको लड्डु विवाहिता छोरी÷चेली, मित एवं अन्य आफन्तको घरमा ‘सनेस’ (कोसेली) पठाउने चलन छ ।