८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सुदूरपश्चिम प्रदेशसभा : बैठक अवरुद्ध हुँदा काम प्रभावित

सुदूरपश्चिम प्रदेशसभा : बैठक अवरुद्ध हुँदा काम प्रभावित
अ अ+ अ-

सुदूरपश्चिम। प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुको निरन्तरको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशन अन्तर्गतका बैठक चल्न सकेको छैन ।

सरकारले खर्च कटौती गरी सुशासन कायम गर्नुपर्नेलगायत विषयमा मुख्यमन्त्रीको जवाफ माग गर्दै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गर्दै आउनुभएको छ । तीन सातायता प्रदेशसभाका बैठक अवरुद्ध भइरहँदा सचिवालयमा दर्ता भएका विधेयक उपरको थप कारबाही अघि बढ्न सकेको छैन ।

प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले वनसम्बन्धी कार्यविधि तयार गर्दा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी आर्थिक चलखेलमा जोडिएको भनी सार्वजनिक भएको अडियो (श्रव्य सामग्री) को सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेशसभा सदस्य प्रकाशबहादुर रावलले भन्नुभयो, “अडियो प्रकरणका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने हाम्रो माग होे । यो विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेकाले सत्तापक्षले छानबिन समिति गठन गर्न आवश्यक नठानेका कारण सहमति जुट्न सकेको छैन ।” प्रतिपक्षी दलको आवाजलाई नसुनेर सत्तापक्षले बहुमतको दुरुपयोग गरिरहेको उहाँले टिप्पणी गर्नुभयो ।

वनसम्बन्धी कार्यविधि तयार गर्दा आर्थिक चलखेल गरेको भन्ने श्रव्य सामग्री बाहिरिएपछि नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नुभएका चौधरीले केही दिनअघि पदबाट राजीनामा दिनुभएको थियो । उक्त प्रकरणमा नेकपा (एमाले) का नेता नारदमुनी राना थारुलाई जोडिएपछि उहाँले आफ्नो संलग्नता नभएको भनी खण्डन गर्नुभएको छ । संसद्को अवरोध हटाइ बैठक चलाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सत्तापक्ष र प्रतिपक्षी दलको बैठक बस्ने गरे पनि अझैसम्म सहमति जुट्न सकेको छैन । आज बसेको सर्वदलीय बैठक पनि बिना कुनै निष्कर्ष टुङ्गीएको छ ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले भन्नुभयो, “आजको बैठक बिना निष्कर्ष सकिएको छ । आ–आफ्नो पार्टीमा छलफल गरेर अर्को बैठक बस्ने सहमति भएको छ ।”

प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यहरुले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आउनुभएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा सभामुखबाहेक प्रतिपक्षी दलका १६ सदस्य हुनुहुन्छ । रासस