१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

तीनकुने घटनाबारे राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा गृहमन्त्री लेखकले जवाफ दिने

तीनकुने घटनाबारे राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा गृहमन्त्री लेखकले जवाफ दिने
अ अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको गत चैत १५ गतेको प्रदर्शनको क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीका घटनाबारे जवाफ दिन गृह मन्त्री रमेश लेखकलाई बोलाएको छ ।

बुधवार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरुले राजावादी समूहको प्रदर्शनको क्रममा भएको जनधनको क्षतिबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्रीको जवाफ माग गरेका थिए । राजावादी समहूको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री शुक्रवारको समिति बैठकमा उपस्थित हुने समिति सभापति रामहरि खतिवडाले बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घट्नामा सरकारको गम्भिर त्रुटी रहेको भन्दै गृहमन्त्री आएर जवाफ दिनुपर्ने बताउनु भयो । प्रदर्शनलाई नियन्त्रण गर्नसक्ने स्थिति हुँदाहुँदै सरकारले सही कदम चाल्न नसक्दा स्थिति नियन्त्रण बाहिर गएको उहाँको ठहर छ । उहाँले भन्नुभयो, ‘जहाँसम्म १५ गतेको घटना हो सरकारले ठिक गरेन नि त । आफ्नै प्रहरीले घेरा हालेको बेला चाहीँ समात्न नसक्ने । अनि अहिले आएर छिटोभन्दा छिटो सरकारले समात्छ भन्ने ? कसले पत्याउँछ यस्तो कुरो ? यसका लागि माननीय गृहमन्त्रीज्युलाई बालाउनुपर्छ र जवाफ माग्नुपर्छ ।’

उहाँले आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई समेत सरकारले नै भगाएको आशयको अभिव्यक्ति दिनुभयो । प्रहरीले घेरा हालेको बेला किन नसमाएको भन्दै प्रश्न समेत गर्नुभयो ।