१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा

पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा
अ अ+ अ-

काठमाडौँ ।  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उहाँको संलग्नता रहेको महामन्त्री शर्माको जिकिर छ ।

पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपदैन ? भन्दै उहाँले प्रश्न समेत गर्नुभयो । उहाँले राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भएपनि गणतन्त्रण्ले महिला राष्ट्रपति बनाएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिहरुलाई सुधार गर्दै जानुपर्ने बताउनु भयो । उहाँले ०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलहरुमा दलको नेतृत्व परिवर्तन हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘फागुन ७ मा अपिल गर्नु भएका पूर्वराजाको तीनकुने घटनामा कुनै संलग्नता देखिँदैन ? छैन र ? उहाँलाई दुख्नु पर्दैन र ? उहाँको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपदैन ? राज्यको सम्पती तोडफोड हुँदा गम्भिर गल्ति भएको महशुस भएको छ भनेर बोल्नु पर्दैन र ? संवेदनशीलता नै देखिएन नि । राजालाई राजगद्धिमा ल्याउने हो भने उहाँ मरेपछि को बस्ने, छोरा, नाति, पनाति । के यो देश पुरुषहरुको मात्रै हो र ? गणतन्त्रले त दोस्रो राष्ट्रपति नै महिलालाई बनाएको छ नि । तर राजसंस्थामा त कहिले पनि महिलालाई अवसर नआउने रैछ । नेताप्रति असन्तुष्टि छ, सरकारप्रति असन्तुष्टि छ । सुधार गर्नुपर्छ । ०८४को निर्वाचनपछि हामी पार्टीकै नेतृत्व परिवर्तन गर्छौं भनिराखेका छौं नि तर राजगद्धिमा बसेको राजालाई त परिवर्तन गर्न सकिदैन नि ।’

तीनकुने घटनाको छानविन गर्न सरकारले न्यायिक छानविन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा उहाँको जोड छ ।