२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा शिक्षकहरुको प्रदर्शन



अ+ अ-

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले प्रदर्शन गरेका छन् ।

बुधवार काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म शिक्षकहरुले प्रदर्शन गरेका हुन् । शिक्षक महासंघको आयोजनामा भएको प्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट निस्किएको र्याली माईतीघरमा पुगेर धर्नामा परिणत भएको हो ।

उनीहरुले अधिकार र कर्तव्यको लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागिता, शिक्षण पेशालाई सम्मान गर, शिक्षक महासंघ जिन्दावाद, हाम्रा माग पूरा गर, शिक्षा ऐन जारी गर लगायतका प्लेकार्ड र नारा बोकेर अनिश्चितकालीन प्रदर्शन गरेका हुन् ।

यस आन्दोलनलाई उनीहरुले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि निर्णायक चरणको आन्दालनको रुपमा औंल्याएका छन् ।