२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की एमाले अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर गुरुङ विजयी



अ+ अ-

पोखरा । नेकपा एमाले कास्की जिल्लाको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । 

एमाले नेता पृथ्वीसुब्बा गुरुङ निकटमन गुरुङले ४५६ मत ल्याई विजयी भएका हुन् । उनका प्रत्यासी दामोदर बैरागीले ४०७ मत ल्याए । बैरागी खगराज अधिकारी निकट हुन् । 

उपाध्यक्षमा प्रभा कोइरालालाई ८ मतान्तरले पराजित थरी तेजनारायण अधिकारी विजयी भएका छन् । अधिकारीले ४२१ मत पाए । सचिवमा वैनबहादुर अधिकारी ४७५ मतसहित विजयी भए भने उपसचिवमा दर्शन लामा (५४०) र नवराज ओझा (४४३) मतसहित निर्वाचित भए । 

पदाधिकारी जितेकामध्ये उपाध्यक्ष अधिकारीमात्र मनबहादुर प्यानलका हुन् । अन्य विजयीहरु अध्यक्षमा पराजित उम्मेदवार बैरागी समूहका हुन् ।

मनबहादुर केन्द्रीय नेता पृथ्वीसुब्बा गुरुङको निकट छन् भने अर्का उमेदवार दामोदर बैरागी खगराज अधिकारीसँग निकट छन् । दुवै ओलीनिकट रहेपनि निर्वाचनमा प्यानलै बनाएर चुनावमा उत्रिएका थिए ।