८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन: रास्वपा

गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन: रास्वपा
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र मात्र नभएको भन्दै कटुआलोचना गरेको छ ।साढे ५ महिनापछि सभापति रवि लामिछानेको अध्यक्षमा बसेको बैठकमा णतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र मात्र नभएको भन्दै कटुआलोचना भएको हो । बैठकमा पार्टी सभापति लामिछानेले राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना कस्तो हुन्छ भन्ने पीडादायक अनुभूति सुनाउनुहुँदै पार्टी जीवनको सङ्घर्षपूर्ण समयमा पार्टीको साथी, सदस्य, शुभचिन्तक, अन्य राजनीतिक दलका नेतृत्व तथा सञ्चारकर्मी मित्रहरूले गर्नु भएको सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।

त्यसैगरी आजको दिनमा राज्य सत्ताद्वारा लादिएको पीडा र सबै सङ्घर्षहरू केवल राजनीतिक प्रतिशोधको उपज हो भन्ने स्थापित भइसकेको उल्लेख गर्दै नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सम्हाल्न नसकेको सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेकोप्रति सचेत गराउनुभयो । र यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्नेतर्फ समेत ध्यानाकर्षण गराउँदै अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेकोले अब पार्टीको संरचनामा काम गर्न पार्टी सदस्यहरुलाई आव्हान गर्नुभयो ।

गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौ। गणतन्त्रमा पनि सुधार आवश्यक छ, यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ। केही पास भएको छ, केही फेल भएको छ। हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब हामी नेतृत्व लिनेछौं । यो सबैको लागि सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान सबैलाई तयार रहनुपर्नेमा पनि जोड दिइएको थियो ।

अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ हैन राष्ट्रिय स्वतन्त्र पार्टी, यो देश बनाउनको लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी हो । “मैले के गर्नुपर्छ भन्नुस् । १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु।“ बैठकमा सभापति लामिछानेले भन्नुभयो ।

पहिलो बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीलाई एकढिक्का बनाई निरन्तर अगाडि बढाउन साथसहयोग पुर्याउनुहुने सम्पूर्ण पार्टी सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

बैठकले पार्टीको चुनौतिपूर्ण समयमा अभिभावकत्व प्रदान गरी पार्टीलाई दोर्याउनुभएकोमा कार्यवाहक सभापति अर्यालप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

पार्टीको तर्फबाट राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्रीहरु सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सम्मिलित मिसन ब्लुप्रिन्ट कार्यदल गठन गरिएको छ ।

त्यस्तै लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ भने पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।

पार्टीको पहिलो महाधिवेशन समयमै सम्पन्न गर्न पार्टी सभापतिबाट निर्देश भएको बिज्ञप्तिमा उल्लेख छ । महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्यहरू र प्रदेश समितिबाट आगामी तीन दिनभित्र लिखित राय र कार्य विवरण पार्टीमा पेश गर्न निर्देशन दिने निर्णय भयो । राष्ट्रिय भेलामा घोषणा गरेको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ को शुभारम्भ यही २०८१ चैत्र २३ गते चितवनबाट गर्ने तय गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

आजको बैठकले गण्डकी प्रदेश समितिको सिफारिसमा गण्डकी प्रदेश सहमहामन्त्रीमा कृष्ण प्रसाद लम्साल र कृष्ण कुमारी अधिकारीलाई मनोनयन गरिएको छ ।

बैठकमा प्रतिद्वन्द्वी दलहरुले रास्वपा विरुद्ध निषेधको राजनीति गरेको दोहोर्याउँदै ८४ लाई जनहितका पक्षमा निर्णायक अवसर बनाउन प्रेरित गर्दै एकदमै उर्जाकासाथ काम गरी मुश्किल समयमा एकढिक्का भएर अगाडि बढ्न अनिवार्य रहेकोमा जोड दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।