२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी आरोही निर्मल ‘निम्स’ पुर्जाको अर्को सफल आरोहण (फोटो फिचर)



अ+ अ-

काठमाडौ । मात्र ७ महिनामा विश्वका ८ हजार मिटर अग्ला सबै १४ हिमालको आरोहण गरेका नेपाली आरोही निर्मल ‘निम्स’ पुर्जाले कतारी महिला शेख आश्मा अल थानीलाई अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनको आरोहण गराएका छन् । 

निम्सको मार्गदर्शनमा अल थानी अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गर्ने पहिलो कतारी महिला बनेकी छन् । साथै उनी दक्षिणी तथा उत्तरी दुवै  ध्रुबमा स्की गर्ने पहिलो अरब र कतारी महिलासमेत भएकी छन् । 

त्यस्तै कर्मा तेन्जिङसमेत माउन्ट भिन्सन आरोहण गर्ने र दक्षिणी ध्रवमा स्की गर्ने पहिलो नेपाली बनेका छन् । अन्टार्कटिकाको भ्रमणबाट फर्किँदै निम्सले भनेका छन्, “शाब्दिकरुपमा भर्खरै अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सन र दक्षिणी ध्रुव (अन्तिम डिग्री) मा स्कीइङ गाइडिङ गरेर फर्किएँ । अन्टार्कटिकाको यो लामो साहसिक यात्रामा अल थानी र कर्मा तेन्जिङलाई मार्गदर्शन गर्न पाउँदा मलाई खुशी लागेको छ ।”

उनले अल थानी र कर्मा तेन्जिङलाई कीर्तिमान कायम गरेकामा बधाई समेत दिँदै भनेका छन्, “अल थानीलाई बधाई छ दक्षिणी ध्रुवमा स्की गर्ने र माउन्ट भिन्सन चढ्ने पहलो कतारी महिला र साथै दक्षिणी उत्तरी ध्रुवमा स्की गर्ने पहिलो अरब महिला र कतारी भएकामा, कर्मा तेन्जिङ भाइलाई माउन्ट भिन्सन चढ्ने र दक्षिणी ध्रुवमा स्की गर्ने पहिलो नेपाली भएकामा पनि बधाई ।