८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै हो: अध्यक्ष यादव

लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै हो: अध्यक्ष यादव
अ अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको विद्यमान शासन व्यवस्थामाथि किन प्रश्न उठिरहेका छन् भनेर समीक्षा भने आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष यादवले शुक्रबार भएको तीनकुने घटनालाई बहुदलीय व्यवस्था आएको लामो समयसम्म पनि स्थिर सरकार बन्न नसकेको र नागरिकका आकांक्षा पूर्ति हुन नसकेको आक्रोशका रूपमा चित्रण गर्नुभयो । “नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा विभिन्न खालका खेल भइरहेका छन् ।

यस व्यवस्थालाई संस्थागत गर्दै कार्यान्वयनका क्रममा देखिएका त्रुटी सच्याउने र समीक्षा गर्ने बेला भएको छ”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ बलियो र संस्थागत लोकतन्त्र नै हो । यसको विकल्प एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था वा कुनै प्रकारको तानाशाही शासन हुन सक्दैन ।”

अध्यक्ष यादवले यसबेला राजतन्त्रको पक्षमा मानिस किन प्रदर्शन गरिरहेका छन् भनेर गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “व्यवस्थामाथि यस किसिमका प्रश्न किन आए भनेर हामीले समीक्षा गर्नुपर्दछ । हामीले बहुदल ल्याएको ३५ वर्षभन्दा बढी समय भयो । ३५ वर्षमा अनेकौँ सरकार बदलिए तर सुशासन दिन सकेनौँ । गरिबी, बेराजगारी घटाउन सकेनौँ । आर्थिक विकास गरी समृद्धिको बाटोमा जाने, शिक्षा स्वास्थ्यजस्ता क्षेत्रमा सुधार गर्न सरकार चुकेको छ ।”

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पूर्वराजाका नामबाट तीनकुनेमा भएको घटनाको छानबिन गरी दोषीउपर कारबाहीको माग गर्नुभयो । उहाँले हिंसात्मक, दुःखदायी र निन्दयीय घटनाका रूपमा त्यसलाई लिइनुपर्ने बताउनुभयो ।

क्लबका अध्यक्ष ऋषि धमलाले विद्यमान शासन व्यवस्थाका पक्षमा आफू र आफ्नो संस्था दृढ रहेको बताउनुभयो । उहाँले पूर्वराजा पक्षधरहरूको आन्दोलनको निसानामा सञ्चार क्षेत्र परेकामा निन्दा गर्दै आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकलाई राज्यले सहिद घोषणा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा क्लबका तर्फबाट पत्रकार रजकका परिवारलाई रु २५ हजार सहयोग उपलब्ध गराउने घोषणासमेत गरिएको थियो । रासस