२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा हत्याको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप



अ+ अ-

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो ।

झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय तथा केही प्रहरीसमेत घाइते भएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ ।

१५ दिनअघि होलीको दिन जनकपुरधाम–२३ बिन्धीमा १७ वर्षीय आशु यादवको चक्कु प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न भनिएको एक युवक पक्राउ परे पनि अन्य ६ जना अझै फरार रहेका छन् ।

हत्यामा संलग्न अन्य व्यक्तिहरूलाई प्रहरीले अझै पक्राउ नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । उनीहरूले बिहानैदेखि सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए ।