६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंको चुनौती– प्रहरीले जहाँ बोलायो त्यहीँ आउँछु



अ+ अ-

काठमाडौं । राजतन्त्र पुनस्थापनाका लागि जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईंले प्रहरीले जहाँ बोलायो त्यहीँ आउन आफू तयार रहेको बताएका छन् । प्रहरीलाई चुनौती दिँदै प्रसाईले जहाँ बोलायो त्यहिँ आउने बताएका हुन् ।

काठमाडौंमा आज राजावादीहरुले हिंसात्मक प्रदर्शन गरेपछि प्रहरीले प्रसाईंको खोजी गरिरहेको छ । तर प्रसाईंले सामाजिक सञ्जालमार्फत् प्रहरीलाई चुनौती दिएका हुन् ।

प्रसाईंले सामाजिक सञ्जाल फेसबुकबाटै आफू जहाँ बोलाए पनि आउन तयार रहेको बताएका हुन् । ‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु,’ प्रसाईंले भनेका छन्, ‘अब म थुनिएर आन्दोलन रोकिँदैन ।’

तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले प्रसाईंको खोजी थालेको छ । प्रसाईं भने आन्दोलनले चर्को रुप लिन थालेपछि प्रहरीलाई नै पेल्दै गाडी चलाएर भागेका थिए ।