२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास सुरु गर्नुअघि अनुसन्धान हुन आवश्यक छ : मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटोलाई सँगै लैजानुपर्ने बताउनुभएको छ ।

नेपाल ‘फेमिली कोर्ट स्टडी’ले आज काठमाडाँैमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले अध्ययन अनुसन्धान नगरी हचुवाका भरमा विकास निर्माण तथा योजना तर्जुमा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले कुन ठाउँमा के विकास गर्ने, कसरी गर्ने र त्यसको दीर्घकालीन प्रभाव के हुन्छ भन्ने विषयमा न्यूनतम जाँचबुझ तथा अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा अनुसन्धान विधि अति आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले भन्नुभयो, “हामी कहाँ हचुवाका भरमा विकास हुन्छ, सम्बन्धित विषयमा अनुसन्धान गरेर योजना बनाउने अभ्यासको कमी छ, अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा अघि बढे सफल भइन्छ ।

सरकारद्वारा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमलाई सफल बनाउन स्पष्ट योजना तथा लक्ष्य पहिचान गरी बजेटको सिलिङ निर्धारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वास्थ्यसम्बन्धी अनुसन्धानात्मक गतिविधि र विभिन्न स्वास्थ्य अवस्थामाथि छलफल गरिएको थियो । रासस