३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

मुसाको कारण विद्युत अवरुद्ध

मुसाको कारण विद्युत अवरुद्ध
अ+ अ-

गाईघाट । विद्युत प्राधिकरणको सवस्टेसनमा मुसा पस्दा शनिबार साझ विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तरगत जलजलेमा रहेको सव स्टेसनको ईनकमरमा मुसा पस्दा विद्युत आपुर्तिमा समस्या भएका हो । 

सव सवस्टेसनको ईनकमर मुसा पसेर विद्युत सट हुदा सवस्टेसनमा आगलागी भएको र तारहरु जलेको विद्युत प्राधिकरण उदयपुरले जनाएको छ । प्राधिकरण उदयपुरका इन्जिनियर संन्जिव कर्णका अनुसार मुसाको कारण विद्युत अवरुद्ध भएको बताउनु भयो । ‘शनिबार सावा सात बजेको समयमा गाईघाट फिडर मुसा पसेर विद्युत सट गराउदाँ चार जिल्ला मा विद्युत अवरुद्ध भएको छ ।’ 

उहाले भन्नु भयो ‘सवस्टेसनमा विद्युत सट भई आगो लागेकाले प्राविधिकहरु राती साढे बाह्र बजे तिर उदयपुर सिमेन्ट उद्योगको फिडरबाट गाईघाट फिडरमा विद्युत सप्लाई गरेर विद्युत आपूर्ती मिलाईएको हो ।’ जलेको फिडर मर्मत गर्न केही समय लाग्ने भएकाले विद्युत अवरुद्ध हुने जनाईएको छ । 

जोगिदह र जलजले फिडर बन्द रहेकोमा जोगिदह तर्फको लाई मोतिगडाबाट सप्लाई गरिने वितरण केन्द्र प्रमुख रोसन सिंहले बताउनु भयो । सिमेन्ट उद्योगको लाईन काटेर भएपनि राती देखी गाईघाटमा विद्युत सुचारु गरिएको छ । मर्मत पुरा नहुन्जेल सम्म जलजले र मुकुर्चीको विद्युत सुचारु हुन पर्खनु पर्ने छ भने खोटाङ तर्फ गएको ३३ केभिए लाईन समेत केही समय उदयपुर लगाएत, खोटाङ, ओखलढुङ्गा र सोलु जिल्लामा बिद्युत अबरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।