१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

कुलमानको विषयलाई लिएर संसद अवरोध गर्नु गलतः महामन्त्री शर्मा

कुलमानको विषयलाई लिएर संसद अवरोध गर्नु गलतः महामन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद अवरोध गर्नु गलत भएको बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री शर्माले सरकारले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीहरुको माग गलत भएको बताउनु भयो । अदालतमा गइसकेको विषयलाई लिएर प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्नु भविष्यका लागि गलत सन्देश जाने उहाँको भनाइ छ ।

उहाँले केही महिना मात्रै पदावली बाँकी रहेका घिसिङलाई पदमुक्त गर्दा नकारात्मक सन्देश गएको पनि बताउनु भयो । उहाँले घिसिङलाई हटाएका कारण प्रतिपक्षले संसद अवरोध गर्दा महत्वपूर्ण अध्यादेशहरु संसदमै थन्किने आशंका व्यक्त गर्नुभयो । संसदबाट अध्यादेश पारित गरी राष्ट्रपतिबाट प्रमाणिकरण गर्नुपर्ने समय सीमा ज्यादै थोरै भएकाले प्रतिपक्षीको संसद अवरोधका कारण प्रभावित भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘खास गरी सरकारले कुलमान घिसिङलाई तीन वटा कारणले अहिले हटाउनु हुँदैन थियो । पहिलो कारण त उहाँको केही महिना मात्रै पदावली बाँकी थियो । सरकारले त्यसमा सहिष्णुता राखेन, केही समय पर्खिएन भन्ने सन्देश गएको छ । दोस्रो सरकारले केही सकारात्मक पहलकदमीका साथ केही अध्यादेशमार्फत केही महत्वपूर्ण कुरा लिएर आएको थियो, जसलाई राष्ट्रिय सभाबाट समेत पारित गरी राखेर १९ चैत भित्रमा सम्मानित राष्ट्रपतिबाट प्रमाणिकरण गर्नुछ । अब यो कुलमान घिसिङको अवरोध आइसकेपछि संसदलाई अवरोध गर्दै गर्दा ती अध्यादेशहरु संसदबाट पारित गरेर राष्ट्रपतिबाट प्रमाणिकरण गर्ने सन्दर्भमा यसले असर गरेको छ । तेस्रो कारण, अहिले नागरिकमा अनेक कारणले असन्तुष्टि भइरहेको बेलामा सरकारले त्यो असन्तुष्टि कसरी विश्वासमा लिने भन्ने कुरातर्फ सकारात्मक सन्देश दिन ध्यान दिनुपथ्र्यो । तर सरकारले गरेको निर्णयले त्यसमा घिउ हाल्ने काम गरेको छ, त्यसकारण यो तीनवटा कारणले सरकारले अहिले कुलमान घिसिङलाई हटाउनु हुँदैन थियो ।’

‘संसद प्रतिपक्षले अवरुद्ध गरेको छ र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भनेको छ । यसबारेमा मेरो टिप्पणी के छ भने यो विषय अब अदालतको विषय भैसक्यो । सम्मानित अदालतमा गइसकेको विषयमा संसद अवरोध गर्नु उचित हुँदैन । प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीको भनाइमा मेरो टिप्पणी यति छ कि कुलमाजीलाई हटाएको विषय गलत भयो भन्नुस्, पुनर्वहाली गर्नुहोस् भन्नुस्, अदालतबाट पुनर्वहाली हुनुहोला भनेर कामना गर्नुस् तर निर्णयको विरुद्धमा बोल्नुस् यो आफ्नो ठाउँमा छ । तर सरकारले हरेक निर्णयको सन्दर्भमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्ने नजिर बसायौँ भने यसले भोलिका लागि सकारात्मक नजिर बस्दैन । त्यसैले सरकारले आफू अन्तर्गतका कसैलाई हटाउँदै गर्दा त्यो हटाएको सन्दर्भमा प्रश्नहरुको सामना गर्ने विषय एउटा हो तर प्रधानमन्त्रीले जवाफ दिने भन्ने कुराको सन्दर्भमा कम्तिमा प्रधानमन्त्री भइसक्नुभएका प्रचण्डले यसलाई उठाउनु हुँदैन थियो भन्ने लाग्छ ।’

महामन्त्री शर्माले कुलमान घिसिङलाई पदबाट नहटाउन आफूहरुले सरकारलाई सल्लाह दिएको तर त्यो कार्यान्वयन नभएको बताउनु भयो ।