१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.37

Wind: 1.54

Humidity: 58

Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिजाप्रसाद कोइराला सभागृहको अलपत्र निर्माण कार्य अघि बढाउने प्रधानमन्त्रीको प्रतिद्धता



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका वडा नं. ८ स्थित गिरिजाप्रसाद कोइराला सभागृहको रोकिएको निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज नेपाली काँगेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौला, भद्रपुुरका नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको निर्माण कार्य पुनः सुचारु गर्न ज्ञापनपत्र बुुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रधामन्त्री ओलीलाई प्रतिनिधिमण्डलले अलपत्र रहेको निर्माण कार्यलाई अघि बढाउन नगरसभाको निर्णयसहित विभिन्न विकल्प समावेश गरी सुुझाव दिएको छ । साविक जिल्ला विकास समितिबाट दुुई वर्षमा निर्माण सम्पन्न हुने गरी ठेकेदार कम्पनीसँग सम्झौता भए पनि ठेकेदारको पटक पटक अवधि थप भएको र बजेटलगायत कानुनी समस्याका कारण निर्माण कार्य अलपत्र परेको थियो ।

पूूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाका नाममा निर्माण हुने सो सभागृहको २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख तीन दलका शीर्ष नेताबाट शिलान्यास भएको थियो ।