१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.59

Wind: 1.54

Humidity: 59

Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही



अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका सबै मुलुक मिलेर कार्बन उत्सर्जन तत्काल घटाउनुपर्ने बताउनुभएको छ ।

जर्मनीको बर्लिनमा आयोजित ‘पिटर्सबर्ग जलवायु संवाद’लाई सम्बोधन गर्दै पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्ने, जलवायु वित्त परिचालनलाई तीव्रता दिनुपर्ने जस्ता विषयमा प्राथमिकता दिन अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री शाहीले नेपालले नगन्य कार्बन उत्सर्जन गरेपनि जलवायु परिवर्तनका अवसरबाट सबैभन्दा बढी प्रभावित हुनुपरेको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । सो अवसरमा उहाँले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ बारे जानकारी गराउनुभएको थियो ।

विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सबर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ । उक्त संवादमा विशेष गरी जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने, र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

जलवायु वार्तामा विशेष भूमिका रहेका देशलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वन तथा वातावरणमन्त्री शाही सहभागी हुनुभएको हो । कार्यक्रममा मन्त्री शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायु विज्ञ मञ्जित ढकाललगायत सहभागी हुनुहुन्छ । रासस