१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा क्षेत्रमा पुन: संकट आउन सक्ने खतरा बढ्यो: राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल विद्युत प्राधिकरणमा सरकारले प्रतिगमन गरेको आरोप लगाउनु भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय प्रति गम्भिर आपत्ति जनाउदै अध्यक्ष लिङदेनले प्रतिगमनको टिप्पणी गर्नुभएको हो ।

उहाँले सरकारको यो निर्णय बाट ऊर्जा क्षेत्रमा पुन: संकट आउन सक्ने खतरा बढेको समेत अनुमान गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेछ ।  नेपाल विद्युत प्राधिकरणमा गरिएको चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुन: संकट आउन सक्ने खतरा बढेको छ। गलत सरकारी रवैयाको सर्वत्र विरोध गरौँ!