८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सरकारलाई महंगो पर्न सक्छ कुलमानलाई हटाउने निर्णय

सरकारलाई महंगो पर्न सक्छ कुलमानलाई हटाउने निर्णय
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध असन्तुष्टिको आगो सडकमा बल्न थालेका बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्तीमा परेका छन् । देशमा १८ घण्टासम्म लोडसेडिङ भइरहेका बेला घिसिङले विद्युत् व्यवस्थापन गरेर देशलाई लोडसेडिङ मुक्त गराएका थिए । त्यसैका आधारमा उनी जनतामाझ लोकप्रिय छन् । तर सरकारले एकाएक घिसिङलाई हटाएको छ । सरकारको निर्णयको आलोचना सुरु भइसकेको छ ।

प्रधानमन्त्री ओलीले घिसिङलाई यस्ता बेला हटाएका छन्, जुन बेला सरकारविरुद्ध सडकमा आन्दोलन भइरहेको छ । व्यवस्था नै परिवर्तन गर्ने भन्दै राजावादीहरु सडकमा उत्रिएका छन् । सरकारको विरोध गर्दै प्रमुख विपक्षी दल सडकमा छ । सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सुशासन कायम गर्न नसकेको भन्दै चौतर्फी आलोचना छ । यही बेला जनतामाझ राम्रो छवि बनाएर विद्युत् प्राधिकरणलाई उच्च नाफामा लगेका घिसिङलाई हटाएर जनतालाई झन् चिढ्याउने काम सरकारले गरेको छ ।

घिसिङलाई हटाउन सरकारले निकै लामो कसरत गर्‍यो । उसले पाँच पटक त घिसिङसँग प्रष्टिकरण नै लियो । तर यही विषयलाई लिएर सरकारको आलोचना झन् चुलियो । तर उर्जा मन्त्री दीपक खड्काको जोडबललाई प्रधानमन्त्री ओलीले रोक्न सकेनन्, अन्तिममा उनलाई हटाएरै छाडे । तर यसको मूल्य प्रधानमन्त्री ओलीले नै चुकाउनुपर्ने हुनसक्छ ।

प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउने निर्णयमा सत्तारुढ दलभित्रै एकमत छैन । मन्त्रिपरिषद्को बैठकमा कांग्रेसका मन्त्रीहरू नै विभाजित भए । गृहमन्त्री रमेश लेखकले कुनै पनि हालतमा घिसिङलाई हटाउन नहुने बताएका थिए भने ऊर्जामन्त्री दीपक खड्काको हटाउनैपर्ने जिद्दीमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले साथ दिएकी थिइन् । कांग्रेसका बाँकी मन्त्रीहरू भने मौन रहेका थिए ।

मन्त्रिपरिषद्को बैठकमा ऊर्जामन्त्री खड्काले घिसिङलाई पदबाट हटाउनैपर्ने भनी जिद्दी गरेका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकलाई के गर्ने ? भनेर सोधेका थिए । लेखकले बैठकमा भनेका थिए, ’यो ठीक हुँदैन, कुलमानलाई हटाउने कुरा ठीक हुँदैन । बाहिरको स्थिति ठीक छैन, भल्नरेबल अवस्था छ यस्तो बेलामा यो निर्णय गर्ने कुरा ठीक होइन ।’

त्यसपछि पनि मन्त्री खड्काले घिसिङलाई हटाउनैपर्ने जिद्दी प्रधानमन्त्री समक्ष राखेका थिए । त्यतिबेला परराष्ट्रमन्त्री राणाले पनि साथ दिएकी थिइन् । लेखकले मन्त्रीको जिद्दीका आधारमा निर्णय गर्ने भए गर्नु तर निर्णय सही नहुने भनेर आफ्ना धारणा राखेका थिए । उनले कुलमान घिसिङ अदालतबाट पुन:स्थापित भएर आउने मात्र भनेनन्, सरकारलाई इम्ब्यारेसिङ हुन्छ, यो निर्णय उचित हुन्छ भन्ने मलाई लाग्दैन सम्म भने ।

लेखकको भनाइमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले थोरै कुरा राखेर साथ दिए भने एमालेबाटै शिक्षामन्त्री रहेकी विद्या भट्टराईले पनि घिसिङलाई हटाउन नहुने संकेत गरेकी थिइन् । तर एमालेका बाँकी मन्त्री पनि उनलाई हटाउनुपर्ने पक्षमा देखिए ।

कांग्रेसका बाँकी मन्त्री मौन बसे । यसको अर्थ कांग्रेसभित्र घिसिङलाई हटाउने निर्णयको विरोध हुने निश्चित जस्तै छ । त्यति मात्र नभएर घिसिङको विषयलाई लिएर सत्ता साझेदार अन्य दलमा पनि असन्तुष्टि बढेको छ ।

घिसिङ स्वयम्ले सरकारी निर्णय असंवैधानिक भन्दै अदालत जाने तयारीमा लागिसकेका छन् । उनले निर्णय कानुनविपरित निर्णय भएको भन्दै अदालतमा जाने चेतावनी दिएका छन् । उनी अदालतमा गए आदेश लिएर आउने सम्भावना बलियो छ । किनकी एउटा निश्चित प्रक्रिया पूरा गरेको व्यक्तिलाई सरकारले लहडका भरमा हटाउन सक्दैन । कुलमान प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्र्थापित भएर आए भने ओली नेतृत्वको सरकारमाथि नैतिक दबाब पर्ने छ ।

घिसिङलाई हटाउने निर्णयले राजनीतिको माहोलसमेत तानिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाइसकेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले सोमबार साँझ सामाजिक सञ्जालबाट सरकारको उक्त कदमको कडा आलोचना गरेका हुन् ।

लोडसेडिङले मुलुक आक्रान्त भइरहेका बेला ऊर्जा विज्ञका रूपमा कुलमान आफू नेतृत्वको सरकारले पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको पनि दाहालको भनाइ छ ।

’देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ,’ उनले लेखेका छन् ।

त्यस्तै कुलमानले बक्यौता पैसा उठाउनुपर्छ भनेकै कारण उनलाई सरकारले पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको पनि अध्यक्ष दाहालको भनाइ छ । उनले अगाडि लेखेका छन्, ’सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस् , यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, २/३ बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।’

यो निर्णयले सत्तापक्ष र प्रतिपक्षीबीचको दुरीसमेत थप बढाउने छ । किनकी कुलमानले राम्रो काम गरेको भन्दै हटाउन नहुने पक्षमा माओवादी केन्द्र छ । अब संसद्मा पनि यही विषय प्रवेश हुने सम्भावना छ । यसले राजनीतिक दलहरुबीचको दुरी बढाउन सक्ने छ । कतिसम्म भने सत्तापक्षका सांसदहरुबाटै सरकारको यो निर्णयको आलोचना हुने निश्चित छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको थियो ।

२०७३ भदौ २९ को पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् निर्णयबाट पहिलोपल्ट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमानलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए । २०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

देशलाई अन्धकारबाट उज्यालोतर्फ लगेका घिसिङलाई हटाउने निर्णय सरकारका लागि गर्‍हौ सावित हुन सक्छ । किनकी सरकारसँग जनता निकै आक्रोसित छन् । सेवा प्रवाह सुस्त बनाउन नसकेको आरोप खेपिरहेको सरकारले अब एक मिनेट मात्र बत्ती गयो भने पनि त्यो आक्रोस सामाजिक सञ्जालमार्फत् सडकमा आइपुग्न सक्छ । सोचविचार नै नगरी गरेको यो निर्णय सरकारका लागि भारी सावित हुनसक्छ ।