८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

देशभरका कृषिउपजको स्वाद चखाउन अब ‘भोजनलिपि–स्वाद’

देशभरका कृषिउपजको स्वाद चखाउन अब ‘भोजनलिपि–स्वाद’
अ+ अ-

काठमाडौँ। नेपाली खाना प्रवर्द्धन अभियानले देशका विभिन्न क्षेत्रमा उत्पादित ताजा कृषिउपजको स्वाद चाख्न पाइने गरी व्यवस्थापन गर्न लागेको छ ।

अभियानले किसान र होटल व्यवसायीसँगको समन्वयमा सो अवसर दिन लागेको हो । किसानसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूका उत्पादनलाई देशका प्रमुख सहरमा स्वादिष्ट परिकार बनाएर पस्कने अभियानको तयारी रहेको अभियानका संयोजक अमृत सापकोटाले बताउनुभयो । उहाँले खाद्यान्न, फलफूल, दूध, माछा–मासु जस्ता किसानका उत्पादनको बजारीकरणमा अभियानले समन्वय गर्ने र होटल–रेष्टुराँ वा घरमै लगेर खान पाउने गरी संयोजन गर्न लागिएको बताउनुभयो ।

यसै सन्दर्भमा आज काठमाडौँमा आयोजित ‘भोजनलिपि–स्वाद’ कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, कृषि, पर्यटन, सञ्चारलगायत क्षेत्रका अगुवाले खानाको स्वाद लिएर अभियान सुरु गरेका छन् । विभिन्न परिकारको स्वाद लिएपछि मन्त्री अधिकारीले नेपाली उत्पादनको बजारीकरणमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “नेपाली रैथाने खानाको स्वाद अत्यन्तै राम्रो छ । काठमाडौँमा मात्रै होइन देशका ठूला सहरसम्म यो अभियान फैलाउने कुरा सुन्दा खुसी लागेको छ । नेपाल सरकार, कृषि मन्त्रालयको तर्फबाट यसको स्थायित्व र प्रवर्द्धनका लागि पूर्ण साथ र सहयोग रहन्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरीलगायतले राजधानीमै रहेर देशभरका कृषिउपज स्वादिष्ट परिकारका रूपमा खान पाउनु निकै सराहनीय भएको बताउनुभयो ।

अभियानका संयोजक सापकोटाले सुरुमा खाद्यान्न, फलफूल जस्ता मौसमी उत्पादनको बजारीकरण र विस्तारै पर्यटकीय गन्तव्य, हस्तकला तथा साना उद्यमीहरूका उत्पादनको बजारीकरणमा समन्वय गरिने जानकारी दिनुभयो । कृषि उत्पादन र बजारीकरणमा साथ दिएर किसान र माटोप्रति माया जगाउन आफू पनि अभियानमा लागेको सञ्चारकर्मी एवं कृषि–पर्यटन अभियन्ता देवीप्रसाद सापकोटाले बताउनुभयो । स्वदेशी उत्पादन बढाउने र प्रयोग गर्ने सरकारी कार्यक्रमलाई नागरिकस्तरबाट सहयोग गर्न आफू केही वर्षदेखि लागिरहेको उहाँको भनाइ छ ।

सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले रैथाने खाना प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्न अभियानले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । खाना प्रवर्द्धन अभियानमा अन्तरराष्ट्रिय सेफ दुर्गाबहादुर खड्का र घनश्याम कँडेल जोडिनुभएको छ । नेपाली खानालाई ‘फ्यूजन’ गरी अन्तरराष्ट्रिय बजारमा पस्कने खड्का र कँडेलको तयारी छ । उहाँहरूले नेपाली रैथाने खानालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गरिने बताउनुभयो । “हाम्रो उद्देश्य भनेको नेपाली रैथाने खानालाई विश्वबजारमा चिनाउने हो”, सेफ कँडेलले भन्नुभयो ।

मास्टर सेफ खड्काले नेपाली खानालाई विश्वबजारमा प्रवर्द्धनका लागि अनुसन्धानमा सक्रिय रहेको र विदेशीलाई यसतर्फ आकर्षण गर्न विश्वव्यापी अभियान चलाइने बताउनुभयो । काठमाडाँैको सोह्रखुट्टेस्थित होटल हिमालयन स्वीटमा आयोजित भोजनलिपि–स्वादमा इलाम, धनुषा, सर्लाही, चितवन, नवलपरासी–गैँडाकोट, रोल्पा, बागलुङ, जुम्लालगायत जिल्लाका ताजा कृषिउपजको परिकार तयार गरिएको थियो ।रासस