११ आश्विन २०८१, शुक्रबार
,
Latest
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट जनकपुरका पूर्व मेयर कृष्ण गिरीको मृत्यु



अ+ अ-

काठमाण्डौं । तत्कालीन जनकपुर नगरपालिकाका मेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पूर्व मेयर गिरीको काठमाण्डौँ स्थित एक अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो । उपचारका क्रममा मंगलबार गएराति १२ बजेतिर मृत्यु भएको उनको छोरा डा. सन्तोष गिरीले जानकारी दिए । 

उनी २० दिन देखि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । ७२ वर्षीय कृष्ण गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि अस्पतालले गरेको छैन ।

उनलाई जनकपुरमै मुटु रोगले च्यापेपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको थियो । काठमाण्डौ स्थित मेडिसिटी हस्पिटलमा उनको उपचार भइरहेको थियो ।