१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

26.99°C

काठमाडौं

26.99°C

Kathmandu

Feels-like: 26.03

Wind: 6.17

Humidity: 18

Latest
आईपीएलमा म्याक्सवेलको नाममा लज्जास्पद रेकर्ड उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय सन् २०३० सम्ममा छ लाख मेट्रिक टन कोक प्लास्टिक फोहोर जल क्षेत्रमा हुने: अध्ययन सीएम योगी आदित्यनाथको कथामा फिल्म प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तरराष्ट्रिय उडान रुस र युक्रेनबीच ‘व्ल्याक सी’ र उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति सभामुखद्वारा अवरुद्ध संसद् बैठक सञ्चालन गर्न छलफल विद्युत् प्राधिकरण अगाडि कुलमानको समर्थनमा प्रदर्शन (तस्बिरहरु) एन्फाले पूर्व अध्यक्ष गणेश थापालाई कारवाहीका लागि पत्राचार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपात र वर्षाले किसानलाई राहत



अ+ अ-

बेनी, (म्याग्दी) । जिल्लाका हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा हिउँदे गहुँ, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेती प्रभावित बनेको थियो ।

हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो । वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेतीबाली र फलफूल बगैँचामा सिँचाइ भएको रघुगङ्गा गाउँपालिका–३ का नरबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार लामो समयपछि शनिबार दिउँसो जमिन भिज्ने गरी भएको वर्षाले किसानलाई राहत मिलेको छ ।

यस वर्ष म्याग्दीको उच्च पहाडी क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । जिल्लाको गुर्जा, कुइनेमङ्गले, मल्कबाङलगायत उच्च पहाडी क्षेत्रमा साँझपखदेखि हिमपात हुन थालेको छ । हिउँदयाम सुक्खा हुँदा खेतीबालीसँगै घाँसपात सुकेको अवस्थामा वर्षासँगै भएको हिमपातले राहत मिलेको धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले बताउनुभयो ।

जिल्लाको पुनहिल, घोडेपानी, खोप्रालेक, खयरलेक, मोहरेडाँडालगायत पर्यटकीयस्थलमा हिमपात भएको छ । हिउँमा रमाउन उक्त क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीले बताएका छन् । रासस