१५ चैत्र २०८१, शुक्रबार
March 28, 2025 Friday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.53

Wind: 1.03

Humidity: 45

तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे



अ+ अ-

सङ्खुवासभा। यहाँको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।

शुक्रबार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । गोठमा रहेका दुई सय ५० भेडा रहेका थिए ।

इलाका प्रहरी कार्यालय हेदाङनामार्फत घटनाको थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस