५ असार २०८३, शुक्रबार
,
Latest
आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि, श्रीमान पनि संक्रमित



अ+ अ-

विराटनगर । प्रदेश १ की सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार  धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम कुमारी श्रेष्ठ कोरोना संक्रमण पुष्टि भएको हो ।   

साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि शनिबार धरानमा स्वाब दिएकी उनलाई बुधबार कोरोना पोजेटिभ देखिएको हो । उनी इटहरीमा बसोबास गर्दै आएकी छन् ।

श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेकाले आत्मबल मजबुद बनाएर कोरोनालाई पराजित गर्ने बताइन् । सांसदसहित उनका श्रीमानमा पनि कोरोना संक्रमण देखिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।

प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएको उनी दोस्रो उच्चपदस्थ व्यक्ति हुन् । यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।