१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

18.14°C

काठमाडौं

18.14°C

Kathmandu

Feels-like: 16.85

Wind: 4.12

Humidity: 32

Latest
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित अबको युगमा राजतन्त्र फर्कँदैन, त्यस्तो भ्रममा नपर्दा हुन्छ: प्रधानमन्त्री सरकारले सार्वजनिक गर्‍यो कुलमानलाई हटाउने निर्णय बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यकः मन्त्री भट्टराई बालेनले मदिराको सनकमा धम्की दिएको युवा संघको आरोप उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नभएको नाडाको गुनासो मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु प्रधानमन्त्री कप क्रिकेटः पुलिस क्लब फाइनलमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि तीन दिनभित्र मस्यौदा प्रतिवेदन तयार पार्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीरकोटमा दुई सडक कालोपत्र



अ+ अ-

वालिङ, (स्याङ्जा) । स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा दुई सडक कालोपत्र गरिएका छन् । भीरकोट–६ को सुन्दरबजार–मोहनडाँडा–ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र गरिएको छ । सुन्दरबजारदेखि–स्वरेक मैदान सडकको सडक कालोपत्र गर्ने काम सकिँदै छ ।

सुन्दरबजारदेखि पर्वतको हातेमालोचोक जोड्ने सडक कालोपत्रको काम भइरहेको भीरकोट नगरपालिकाका इञ्जिनियर सरोज पराजुलीले बताउनुभयो । आगामी असार २० गतेसम्म सडक कालोपत्र सक्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । सडक कालोपत्रसँगै पक्की नाली र पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।

त्यस्तै सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक स्तरोन्नति गरिएको छ । विसं २०८१ पुस २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त सडक आगामी जेठ मसान्तसम्ममा सक्नुपर्ने भए पनि तोकिएको समयअगावै सम्पन्न भएको योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले बताउनुभयो । उक्त सडकमा पर्खाल बनाउने, जाली हाल्ने र पक्की नाली निर्माण गरिएको छ ।

नगरपालिकाले नगरका गौरवका सडकलाई प्राथमिकताका आधारमा निर्माण गर्दैआएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । सुन्दरबजारदेखि पर्वतको हातेमालोचोक जोड्ने सडक ५० प्रतिशत सङ्घीय समपूरक अनुदान र ५० प्रतिशत नगरपालिकाको लागत सहभागितामा सञ्चालन भएको उहाँले बताउनुभयो । त्यस्तै सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक गण्डकी प्रदेश सरकारको समपूरक अनुदान ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण सम्पन्न भइसकेको छ । रासस