२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखकाली मन्दिरमा



फाइल फोटो
अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शक्तिपीठको दर्शनका लागि गोरखाको गोरखकाली मन्दिरमा पुग्नुभएको छ ।

पूर्वराजा शाह विभिन्न शक्तिपीठको दर्शन गर्ने क्रममा आज गोरखाकाली मन्दिर पुग्नुभएको हो । उहाँले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।

गत फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा आफूलाई सहयोग गर्न भिडियो सन्देश जारी गरेका पूर्व राजा शाह त्यसपछि विभिन्न शक्ति पीठको दर्शन गर्ने नाममा सर्वसाधारणसँग भेटघाटलाई तीव्र बनाउनुभएको छ ।

यस्तै एक महिना पोखरा बसाइपछि काठमाडौं फर्किएका उहाँलाई त्रिभुवन विमानस्थलमा राजावादीहरूले भव्य स्वागत गरेका थिए ।