१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

23.03°C

काठमाडौं

23.03°C

Kathmandu

Feels-like: 22.02

Wind: 4.63

Humidity: 24

Latest
शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यकः मन्त्री भट्टराई बालेनले मदिराको सनकमा धम्की दिएको युवा संघको आरोप उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नभएको नाडाको गुनासो मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु प्रधानमन्त्री कप क्रिकेटः पुलिस क्लब फाइनलमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि तीन दिनभित्र मस्यौदा प्रतिवेदन तयार पार्न निर्देशन भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा सुडानको डार्फर बजारमा सेनाको आक्रमण, सयौँको मृत्यु: निगरानी समूह तिललाई पहाड बनाउने काम हुँदैछ, केही अर्थ छैनः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात



अ+ अ-

चितवन । यहाँ उत्पादित गाजर र चुकन्दर विदेश निर्यात हुन सुरु भएको छ । जिल्ला प्राङ्गारिक सङ्घमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर यही चैत ४ गतेदेखि विदेश निर्यात गर्न थालिएको हो ।

भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादन भएको गाजर र चुकन्दर जर्मन निर्यात गर्न थालिएको सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म ८४ टन चुकन्दार विदेश निर्यातका लागि पठाइसकेका छौँ । अझै ४२ टन बाँकी छ ।” सङ्घमा आबद्ध किसानले १४ बिघा क्षेत्रफलमा लगाएको चुकन्दर र गाजर विदेश निर्यात सुरु गरिएको उहाँले बताउनुभयो ।

तीन वर्षदेखि यहाँ उत्पादित प्राङ्गारिक गाजर र चुकन्दर विदेश पठाइँदै आइएको अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “सुरुका वर्ष मेरो उत्पादन मात्रै पठाएको थिएँ । अहिले साथीहरूको उत्पादन पनि विदेश निर्यात हुन थालेको छ ।

सुरुआतमा चुकन्दर पठाएपछि गाजर पठाउने तयारी गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । गाजर एक सय ५० टन विदेश निर्यात गरिनेछ । उहाँका अनुसार द अर्गानिक भ्याली नामक संस्थाले यहाँको उत्पादनलाई विदेश पठाउँदै आएको छ । जर्मनबाट आएका वैज्ञानिकले जमिन प्रमाणीकरण गरेपछि यहाँको उत्पादन निर्यात हुन थालेको हो ।

यहाँको २० बिघा क्षेत्रफललाई प्राङ्गारिक क्षेत्रका रूपमा मान्यता पाएको छ । जर्मन जाने गाजर प्रतिकिलो रु २० र चुकन्दर रु ५० मा पठाउने गरिएको सङ्घका सदस्य छविलाल न्यौपानेले जानकारी दिनुभयो । सङ्घमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात सुरु भएको बताउँदै उहाँले कृषिजन्य उत्पादन निर्यात हुनुले कृषकमा उत्साह थपेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अर्गानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दरबाहेक गहुँ, मुसुरो, जौँ घाँस, आलु र विभिन्न तरकारीका लगाइँदै आइएको छ ।” यहाँ उत्पादित कृषिउपज विदेशसँगै स्वदेशका चितवन, पोखरा, काठमाडौँलगायत जिल्लामा बिक्री हुँदै आएको न्यौपानेले बताउनुभयो । रासस