१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

23.03°C

काठमाडौं

23.03°C

Kathmandu

Feels-like: 22.02

Wind: 4.12

Humidity: 24

Latest
मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु प्रधानमन्त्री कप क्रिकेटः पुलिस क्लब फाइनलमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि तीन दिनभित्र मस्यौदा प्रतिवेदन तयार पार्न निर्देशन भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा सुडानको डार्फर बजारमा सेनाको आक्रमण, सयौँको मृत्यु: निगरानी समूह तिललाई पहाड बनाउने काम हुँदैछ, केही अर्थ छैनः प्रधानमन्त्री ओली बालुवाटारमा सत्तारुढ दलको बैठक जारी प्रधानमन्त्री ओलीलाई काँग्रेसको पूर्ण समर्थन छः सभपति देउवा सिरहामा बोरामा बेरेर गाडिएको अवस्थामा १३ वर्षीया बालिकाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा मुख्य प्रवेशद्वारभित्रका मानव निर्मित संरचना हटाइने



अ+ अ-

ताप्लेजुङ। प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा मन्दिरको प्रवेशद्वारभित्र रहेका पाटी, पौवा, टहरालगायत मानव निर्मित संरचना हटाइने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले संरचना हटाउन वा वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई १५ दिनको समयसीमा दिएको हो ।

नेपाल सरकारद्वारा जारी विकास समिति ऐन, २०१३ बमोजिम विसं २०५३ मा गठन भएको पाथीभरा क्षेत्र विकास समितिले सो क्षेत्रको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्दै आएको जनाएको छ । समितिका अनुसार पाथीभरा मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरता कायम राख्न मुख्य प्रवेशद्वारभित्र कुनै नयाँ संरचना निर्माण नगर्ने निर्णय अनुरूप वृक्षारोपण, धामक्षेत्र व्यवस्थापनलगायत कार्य अघि बढाइएको छ ।

यसैबीच चैत ६ गते राति पाथीभराको डाँडामा गाडिएको मुकुम्लुङ (ढुङ्गा) र यग्राङसिं (फलामको नौतले भ¥याङ) हटाउन सम्बन्धित पक्षलाई तीन दिनभित्र सम्पर्क गर्न एक सूचनामार्फत आग्रह गरिएको छ । तोकिएको समयसीमाभित्र सम्पर्क नगरिएमा संरचना हटाउने कार्य समितिका तर्फबाट अघि बढाइने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

पाथीभरा क्षेत्रमा कुनै किसिमका निर्माण वा गतिविधि गर्दा समितिको स्वीकृतिबिना गर्दा अवैध हुने भएकाले समन्वयका लागि सम्बन्धित पक्षलाई समितिको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको उहाँले उल्लेख गर्नुभयो । रासस