८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दक्षिण एसियाका जनताको शान्ति, समृद्धि र बृहत्तर हितका लागि सार्क अगाडि बढ्नुपर्छ : उपराष्ट्रपति यादव

दक्षिण एसियाका जनताको शान्ति, समृद्धि र बृहत्तर हितका लागि सार्क अगाडि बढ्नुपर्छ : उपराष्ट्रपति यादव
अ अ+ अ-

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका  राजदूत अबरार एच. हाश्मीले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका क्रममा शुभकामना आदानप्रदान पश्चात दुई देशबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानी लगायतका विषयमा छलफल भयो ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध घनिष्ठ र समधुर रहिआएको उल्लेख गर्दै यसलाई आगामी दिनहरूमा अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो । ‘हामीले हाम्रा दुई मुलुकबीच अर्थ मन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र परराष्ट्र सचिवस्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र मार्फत् सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ’ उहाँले भन्नुभयो, ‘दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रा सम्बन्धको सबै पक्षहरूमा सधैं गतिशीलता र गुणस्तर बढाएको छ ।’
उहाँले व्यापार र आर्थिक क्षेत्रहरुमा सहयोग विस्तारमा जोड दिँदै लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध लगायत पारस्परिक सहयोगका क्षेत्रमा दुवै देश मिलेर काम गर्नुपर्ने बताउनुभयो । ‘नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान हो ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘विदेशी लगानीकर्तालाई सहजीकरण गर्न नेपालले उद्योग विभागमा एकल विन्दु सेवा केन्द्र स्थापना गरेको छ ।’ उहाँले जलविद्युत, पर्यटन, पूर्वाधार, आईसीटी आदिमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई नेपाल स्वागत गर्न चाहेको पनि बताउनुभयो ।

‘नेपालको प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने विश्वास व्यक्त गर्दछु’ उहाँले भन्नुभयो, ‘नेपाली विद्यार्थीहरूलाई चिकित्सा, दन्त चिकित्सा, फार्मेसी र इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान प्राविधिक सहायता कार्यक्रम अन्तर्गत वार्षिक छात्रवृत्ति उपलब्ध गराएकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

उपराष्ट्रपति यादवले धेरै विषयहरुमा नेपाल र पाकिस्तानको समान दृष्टिकोण रहेको उल्लेख गर्दै हाम्रा चासोहरु बहुपक्षीय मञ्चहरुमा मिल्दाजुल्दा रहेको बताउनुभयो । ‘हाम्रा दुवै देशले संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन र सार्क लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आएका छन्’ उहाँले भन्नुभयो, ‘दक्षिण एसियाका जनताको शान्ति, समृद्धि र बृहत्तर हितका लागि सार्क अगाडि बढ्नुपर्छ । सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपाल रोकिएको सार्क प्रक्रियालाई पुनः सुचारु गर्न हरसम्भव प्रयासरत छ । यस सन्दर्भमा सबै सदस्य राष्ट्रहरूको सहयोग अत्यावश्यक छ । हामी सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न चाहन्छौं ।’

उपराष्ट्रपति यादवले दक्षिण एसियाको हिन्दु–कुश हिमालय क्षेत्रले विश्वव्यापी उष्णता र जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूको सामना गरिरहेको उल्लेख गर्दै भन्नुभयो, ‘जलउत्पन्न प्रकोप, बाढी, डुबान र खडेरी दीर्घकालीन समस्या बनेका छन् । जलवायु परिवर्तनको प्रतिकूल प्रभावसँग लड्न हामीले मिलेर काम गर्नुपर्दछ।’ उहाँले पाकिस्तानका महामहिम राष्ट्रपति असिफ अली जरदारीलाई आफ्नो शुभकामना पनि प्रेषित गर्नुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरुको समाधान परस्पर सहकार्यबाट गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’ का लागि नेपाल सरकारलाई बधाई दिँदै यसमा पाकिस्तानको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।