२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

रेमडेसिभिर (इन्जेक्सन) नेपालमा पनि ‘क्लिनिकल ट्रायल’ हुने

रेमडेसिभिर (इन्जेक्सन) नेपालमा पनि ‘क्लिनिकल ट्रायल’ हुने
अ अ+ अ-

काठमाडौँ । कोरोना संक्रमणको उपचारका लागि विभिन्न मुलुकले प्रयोग गर्दै आइरहेको औषधि रेमडेसिभिर (इन्जेक्सन) नेपालमा पनि ‘क्लिनिकल ट्रायल’ हुने भएको छ । संक्रमणका कारण शिथिल भएर आईसीयू र भेन्टिलेटरमा रहेका बिरामीमा यो औषधि प्रयोग गर्न चिकित्सकहरूले लामो समयदेखि आवाज उठाइरहेका थिए । क्लिनिकल ट्रायलका लागि यो औषधि खरिद गर्न मंगलबार औषधि व्यवस्था विभागले टेन्डर आह्वान गरिसकेको छ । अमेरिकाको जिलिड फर्मास्युटिकल्सले उत्पादन गरेको यो औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी भएको भन्दै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले क्लिनिकल ट्रायल गर्न मिल्ने जनाएको छ ।

अमेरिका, बेलायत बंगलादेश, चीन, भारत, पाकिस्तानलगायत मुलुकमा यो औषधिको क्लिनिकल ट्रायल भइरहेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए । ‘ट्रायलमै रहेकाले यसलाई अहिले कोरोनाकै औषधि भनेर त भन्न मिल्दैन तर संक्रमण उपचारमा प्रयोग भइरहेका धेरै औषधिमध्ये रेमडेसिभिर बढी प्रभावकारी भएकाले प्रयोग गर्न लागिएको हो,’ उनले भने, ‘औषधि आयातकर्तालाई हामीले सूचना जारी गरेर खबर गरिसक्यौं । विभिन्न कम्पनीका औषधि लिएर उहाँहरू आउनु पनि भएको छ । मूल्यांकन गरेर औषधि भित्र्याउने अनुमति दिन्छौँ ।’ उनका अनुसार यो औषधि एक थानको ६ हजारदेखि २१ हजार रुपैयाँसम्म पर्न सक्छ । नेपाल औषधि ऐन २०३५ अनुसार क्लिनिकल ट्रायलका रूपमा प्रयोग भइरहेका औषधि दर्ता गरेर आयात गर्न नमिल्ने हुँदा अहिले आपत्कालीन प्रयोगका लागि चलाउन मिल्ने गरी मात्रै ल्याइने उनले बताए । नेपाल मेडिकल काउन्सिलले जारी गरेको निर्देशिका (इन्टरिम क्लिनिकल गाइडेन्स फर कोभिड–१९) मा पनि कोरोना संक्रमितलाई रेमडेसिभिर चलाउन मिल्ने उल्लेख छ ।

विश्वमै रेमडेसिभिरलाई अहिलेसम्म कोरोना संक्रमितमाथि चलाउन सकिने भनेर बढी मान्यता पाएको र प्रभावकारीे औषधि (एन्टिभाइरल) मानिएको संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् । ‘यो औषधि प्रयोग गर्दा सामान्यतया १५ दिन अस्पताल बस्नुपर्ने कोरोना संक्रमित १० दिनमै निको भएर घर फर्केको धेरै ट्रायल अध्ययनले देखाएको छ,’ उनले भने, ‘संक्रमितलाई यो औषधि दिँदा शरीरमा थप भाइरस उत्पादन हुनबाट रोक्छ । शतप्रतिशत संक्रमण निको पारेर मृत्यु नै रोक्छ भन्नेचाहिँ प्रमाणित हुन बाँकी छ ।’ अहिले विश्वमै कोरोनाको औषधि पत्ता नलागेकाले आपत्कालीन प्रयोगका लागि भए पनि नेपालमा यो औषधि आयात गरी सर्वसुलभ गराउनुपर्ने उनले बताए । ‘लामो समयदेखि यो औषधि अध्ययनका लागि भए पनि नेपाल ल्याउनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौं,’ उनले भने, ‘भारतलगायत अन्य मुलुकले औषधि चलाइसके, हाम्रो देशमा पनि चाँडोभन्दा चाँडो उपलब्ध गराउनुपर्छ ।’

अरू एन्टिभाइरलभन्दा बढी प्रभावकारी भएकाले अध्ययन प्रयोगका लागि भए पनि रेमडेसिभिर नेपालमा पनि चाँडै आयात गर्न आवश्यक रहेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले बताए । ‘औषधि आयात गर्ने ऐन पुरानो हुँदा यसले आकस्मिक प्रयोगका औषधि आयात गर्न बाधा पुर्याएको छ, महामारीका बेलामा पनि ऐन बाधक बन्नु दुःखदायी कुरा हो,’ उनले भने, ‘ऐन छैन भनेर चुप लागेर बस्ने अवस्था छैन, कोसिस गर्ने हो भने नेपालमै यो औषधि उत्पादन गर्न सकिन्छ ।’ रेमडेसिभिर प्रयोग गर्नुअघि दुई महिनापहिले विश्व स्वास्थ्य संगठनको अनुरोधमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यो औषधिको क्लिनिकल ट्रायल अध्ययन गर्न खोजेको थियो । योजनाअनुसार अध्ययन निर्देशिका पनि तयार भएको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

‘पहिले परिषद्को निर्देशिकाअनुसार अध्ययन गर्ने भनिएको थियो, पछि संगठनकै निर्देशिकाअनुसार गर्ने भनियो,’ उनले भने, ‘अध्ययन प्रयोजनका लागि औषधि दिने हो भने हामी ट्रायल गर्न तयार छौं, जनशक्ति पनि तयार छन् ।’ औषधि पाउनेबित्तिकै स्वास्थ्य मन्त्रालयसँग स्वीकृति लिएर नेपालका सरकारी तहका कोभिड अस्पतालमा भर्ना भएका बिरामीमाथि क्लिनिकल ट्रायल गरिने उनले बताए । कान्तिपुर दैनिक