२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि
अ अ+ अ-

काठमाडौं । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी बुधवारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । सुरक्षा अंगमा धमाधम संक्रमणको गति बढ्दै गएपछि सबै सुरक्षा निकायले उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न थलेका छन् । यसैगरी, सबै सुरक्षा निकायले आफ्ना अंगका सुरक्षाकर्मीका लागि उपलब्ध गराउँदै आएको सबै किसिमका बिदासमेत बन्द गरेका छन् । बिदाबाट फर्केकाहरूलाई समेत सेल्फ क्वारेन्टिनमा बस्न भनिएको छ भने बिदाबाट फर्केका सुरक्षाकर्मीलाई धमाधम परीक्षणसमेत गराइएको छ ।

संक्रमणबाट बच्न प्रहरी प्रधान कार्यालयले तालिम केन्द्रहरूले दिने गरेको डे, नाइट तथा घन्टे आउटजस्ता बिदासमेत कटौती गर्न निर्देशन दिएको छ । यसैगरी, प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुख, संघीय प्रहरी इकाइ, जिल्ला प्रमुखलगायत प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी अधिकारीलाई अति आवश्यकबाहेकका अवस्थामा ब्यारेक छाडेर बाहिर ननिस्कन र बिदा नबस्न भनेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार नेपाल प्रहरीतर्फ बुधबारसम्म २ सय ८५ जनामा संक्रमण पुिष्ट भइसकेको छ । संक्रमण देखिएका प्रहरीहरूको काठमाडौंमा सशस्त्र प्रहरी अस्पताल बलम्बु, कोभिड अस्पताल भक्तपुर र कीर्तिपुरमा रहेको कोभिड अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, उपत्यका बाहिर रहेका कोभिड अस्पतालहरूमा समेत संक्रमित प्रहरीको उपचार भइरहेको छ ।

नेपाल प्रहरीतर्फ उपचारपछि १ सय ६५ जना निको भएर नियमित काममा फर्किएको प्रवक्ता कडायतले जानकारी दिए । अन्य १ सय २० जना संक्रमित भने उपचाररत छन् । यसैगरी, सशस्त्र प्रहरीतर्फ बुधबार साँझसम्म १ सय ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये ६७ जनाको हाल विभिन्न कोभिड अस्पतालमा उपचार जारी छ । अन्य ११९ जना भने उपचारपछि निको भएर नियमित काममा फर्किएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए । सशस्त्र प्रहरीतर्फका कोरोना संक्रमितको काठमाडौंको बलम्बुस्थित आफ्नै अस्पतालमा उपचार भइरहेको छ भने उपत्यका बाहिर बिपी कोइराला अध्ययन प्रष्ठिान धरान, मेची अस्पताल, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँसहितका कोभिड अस्पतालमा उपचार जारी छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता अर्यालका अनुसार सुरुमा सीमा सुरक्षा तथा क्वारेन्टिन सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा संक्रमण देखिएको थियो । त्यसपछि सशस्त्रका ब्यारेकभित्र समेत संक्रमण फैलँदै गएको छ । यस्तै, नेपाली सेनातर्फ बुधबार साँझसम्म २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७८ जना उपचारपछि निको भइसकेका छन् भने १ सय ४६ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार जारी छ । सेनातर्फ मंगलबार दाङमा एकै पटक २९ जनामा संक्रमण पुष्टि भएको थियो । सेनामा भने क्वारेन्टिन केन्द्रहरूको व्यवस्थापन, नेपाल–भारत सीमाका २० वटा नाकामा भारतबाट आउने नेपालीहरूलाई विश्राम गराउने होल्डिङ सेन्टरको व्यवस्थापन, तेस्रा मुलुकबाट ल्याइएका नेपालीलाई होल्डिङ सेन्टरसम्म लैजाने, विदेशबाट आएकाहरूलाई सम्बन्धित प्रदेशमा पठाउने र कोरोना भाइरस संक्रमितको शव व्यवस्थापन गर्ने कामबाट नेपाली सेनामा संक्रमण सरेको सेनाको दाबी छ । अहिले सेनाको ब्यारेकभित्र समेत संक्रमण देखिन थालेको छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले संक्रमणको गति बढ्दै गएपछि सेनाका बाहिरी सबै कार्यक्रम रद्द गरिएको जानकारी दिए । यसैगरी, शोक परेकालाई बाहेक सेनातर्फ उपलब्ध गराइँदै आइएको सबै किसिमका बिदासमेत बन्द गरिएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए । राजधानी दैनिक