२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ
अ अ+ अ-

काठमाडौंँ । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ । समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरस (कोभिड–१९)ले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भन्नुभयो, “हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ । समयमै पानी परेको तथा पर्याप्त जनशक्ति उपलब्ध भएका कारण गत वर्षभन्दा तीन प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।”

मन्त्रालयका अनुुसार नेपालको मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल रहेको छ । त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । यो कुल क्षेत्रफलको ९८.१९ प्रतिशत हो । धान रोपाइँ क्षेत्रफल वृद्धि हुनुमा कोरोना भाइरस (कोभिड–१९)ले निम्त्याएको बन्दाबन्दी नै मुख्य कारण रहेको मन्त्रालयको ठम्याइँ छ ।
बन्दाबन्दी भएका कारणले सहर बजारबाट धेरै मानिस गाउँघर पुुगेको र खेतीमा ध्यान दिएका कारण बढी क्षेत्रफलमा धान रोपाइँ सम्भव भएको प्रवक्ता केसीको भनाइ छ । उहाँका अनुसार अझै रोपाइँ जारी पनि छ र यो वर्ष ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुनसक्छ । नेपालमा भदौको पहिलो सातासम्म रोपाइँ हुने गरेको छ ।

मौसम र समयले साथ दिए यसपटक ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । देशमा ६६ लाख मेट्रिक टन धान उत्पादन भए देश धानमा आत्मनिर्भर हुने मन्त्रालयले स्पष्ट पारेको छ । गत वर्ष कुल क्षेत्रफलको ९४.४३ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको थियो । २०७६ मा १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९५ हजार २८२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । २०७५ भन्दा २०७६ मा धान रोपाइँको क्षेत्रफल नै घटेको थियो । २०७५ मा १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफल थियो, त्यो घटेर २०७६ मा १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा पुग्यो ।

अर्थात् २०७५ देखि २०७६ सम्ममा एक लाख ८० हजार ७६३ हेक्टर खेतीयोग्य जमिन कम भएको थियो । त्यो कम हुनुका कारणमा खेतीयोग्य जमिनलाई खण्डीकरण गरी घडेरीमा परिणत गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ । दुुई वर्षअघि २०७५ सालमा क्षेत्रफल बढी भए पनि त्यो वर्ष ९० प्रतिशत मात्र रोपाइँ भएको थियो । २०७४ सालमा साउन १६ गतेसम्ममा कुल क्षेत्रफलको ७७.०३ प्रतिशत मात्र रोपाइँ भएको थियो । अर्थात् १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफलमध्ये ११ हजार ९५ लाख ८०४ हेक्टरमा धान रोपाइँ भएको थियो । “अहिले समयमा धान रोपाइँ सम्पन्न हुनुुका साथै क्षेत्रफलमा समेत वृद्धि भएको छ । त्यसले धान उत्पादनमा वृद्धि हुने छ,” प्रवक्ता केसीले स्पष्ट पार्नुुभयो । २०६६ देखि चार वर्षसम्म धानको उत्पादनमा ४० लाख मेट्रिक टन तथा २०७० देखि निरन्तर ५० लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७३/७४ मा धान उत्पादन ५२ लाख ३० हजार मेट्रिक टन, आ.व. २०७४/७५ मा धान उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन, आर्थिक वर्ष २०७५/७६ मा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन र आ.व. २०७६/७७ मा धान उत्पादन ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्षको साउन २७ गतेसम्म सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा ९९.८६ प्रतिशत भएको छ भने प्रदेश २ मा ९९.०२ प्रतिशत भएको छ । प्रदेश ५ मा ९८.६६ र कर्णाली प्रदेशमा ९८.५३ प्रतिशत रोपाइँ भएको छ । बाग्मती प्रदेशमा ९७.८५ र गण्डकी प्रदेशमा ९७.६८ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी सबैभन्दा कम प्रदेश १ मा ९५.८८ प्रतिशत रोपाइँ भएको छ ।  गोरखापत्र दैनिक