५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

स्कुटर चोरीमा संलग्न तीन जना पक्राउ

स्कुटर चोरीमा संलग्न तीन जना पक्राउ
सांकेतिक तस्बिर
अ+ अ-

कास्की । प्रहरीले पोखरामा स्कुटर तथा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाबिस–४ स्थायी घर भई हाल पोखरा–३ नदीपुर बस्ने वर्ष १९ का सन्दीप श्रीमल तथा अन्य दुई जना किशोरहरुको परिचय प्रहरीले गोप्य राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

बुधबार बिहान १ बजे फूलबारीमा स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । पक्राउपछि अनुसन्धान गर्ने क्रममा अन्य थप दुई वटा चोरीको स्कुटरसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले साउन २५ गते पोखरा–४ गणेशटोलस्थित सुकमाया कामीको घरको कम्पाउण्डबाट चोरी भएको ज्ञानकुमारी गुरुङकोे ग६प ६३४२ नम्बरको रातो डियो स्कुटर पोखरा–१२ फूलबारी सफामार्गमा फेला पारेको थियो । 

त्यसैगरी साउन २६ गते  राति पोखरा–४ रामकृष्ण टोलबाट चोरी भएको धनमाया गुरुङको नामको ग १७ प ३०५१ नम्बरको रातो डियो स्कुटर र साउन २७ गते राति १२ः३० बजेमा पोखरा–११ प्रगतिटोलबाट हराएको सिर्जना मल्ल ठकुरीकोे ग५प ३९१५ नम्बरको निलो डियो स्कुटर पोखरा–२६ बुढीबजारबाट बरामद गरिएको प्रहरी प्रवक्ता हमालले जानकारी दिए ।

पोखरा उपत्यका र आसपासबाट विभिन्न समय र स्थानबाट मोटरसाइकल र स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहत इलाका प्रहरी कार्यालय, सिसुवाबाट प्रहरी टोली खटिई खोजतलास तथा अनुसन्धानको शुरु गरेको थियो । पक्राउ परेकाहरुको साथबाट चोरीका पाँच थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई चोरी तथा डाँका कसुरअन्तर्गत जिल्ला अदालतबाट बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी प्रहरीले जनाएको छ ।