५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् आपूर्ति निरन्तर गर्न भारतसंग पहल गरेको छु: परराष्ट्रमन्त्री राणा



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा जारी विद्युत् अभाव समाधान गर्न भारतबाट विद्युत् आपूर्तिको मात्रा बढाउने विषयमा कूटनीतिक पहल भएको जनाउनु भएको छ ।

भारत भ्रमणमा रहनुभएकी मन्त्री राणाले स्वदेश फर्कनु अघि यस्तो जनकारी गराउनु भएको हो । उहाँले आफूले नेपालतर्फ भइरहेको विद्युत निर्यातलाई निरन्तरता दिन र थप बढाउन अनुरोध गरेको जनाउनुभएको छ ।

उर्जामन्त्री दिपक खड्काले भारतबाट आउने बिजुली सुख्खा याममा कटौती हुने भएकाले लोडसेडिङ हुनसक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री राणाले यो कुटनीतिक पहल गरेको जानकारी गराउनु भएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ-

यस पटक मेरो दिल्ली भ्रमणका क्रममा नेपालमा जारी विद्युत् अभाव समाधान गर्न भारतबाट नेपालमा विद्युत् आपूर्तिको मात्रा बढाउने विषयमा कूटनीतिक पहल पनि गरियो। यो पहल विद्यमान द्विपक्षीय सम्झौता अन्तर्गत र भारतीय ऊर्जा एक्सचेञ्ज  (IEX) मार्फत लामो अवधिसम्म दैनिक रूपमा विद्युत् आयात गर्न सक्ने व्यवस्था मिलाउने उद्देश्यले गरिएको थियो।

ऊर्जामन्त्री र विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङ बीचको व्दन्दका कारण औद्योगिक क्षेत्रमा विद्युत कटौती हुन थालिसकेको छ । यो अवस्था घरयासी प्रयोजनको विद्युत सेवामा पनि पर्ने अडकल काटिएको छ । यद्यपी घिसिङले निजी घरमा लोडसेडिङ नगर्ने बताउँदै आउनु भएको छ ।

 




भर्खरै