२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् आपूर्ति निरन्तर गर्न भारतसंग पहल गरेको छु: परराष्ट्रमन्त्री राणा



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा जारी विद्युत् अभाव समाधान गर्न भारतबाट विद्युत् आपूर्तिको मात्रा बढाउने विषयमा कूटनीतिक पहल भएको जनाउनु भएको छ ।

भारत भ्रमणमा रहनुभएकी मन्त्री राणाले स्वदेश फर्कनु अघि यस्तो जनकारी गराउनु भएको हो । उहाँले आफूले नेपालतर्फ भइरहेको विद्युत निर्यातलाई निरन्तरता दिन र थप बढाउन अनुरोध गरेको जनाउनुभएको छ ।

उर्जामन्त्री दिपक खड्काले भारतबाट आउने बिजुली सुख्खा याममा कटौती हुने भएकाले लोडसेडिङ हुनसक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री राणाले यो कुटनीतिक पहल गरेको जानकारी गराउनु भएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ-

यस पटक मेरो दिल्ली भ्रमणका क्रममा नेपालमा जारी विद्युत् अभाव समाधान गर्न भारतबाट नेपालमा विद्युत् आपूर्तिको मात्रा बढाउने विषयमा कूटनीतिक पहल पनि गरियो। यो पहल विद्यमान द्विपक्षीय सम्झौता अन्तर्गत र भारतीय ऊर्जा एक्सचेञ्ज  (IEX) मार्फत लामो अवधिसम्म दैनिक रूपमा विद्युत् आयात गर्न सक्ने व्यवस्था मिलाउने उद्देश्यले गरिएको थियो।

ऊर्जामन्त्री र विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङ बीचको व्दन्दका कारण औद्योगिक क्षेत्रमा विद्युत कटौती हुन थालिसकेको छ । यो अवस्था घरयासी प्रयोजनको विद्युत सेवामा पनि पर्ने अडकल काटिएको छ । यद्यपी घिसिङले निजी घरमा लोडसेडिङ नगर्ने बताउँदै आउनु भएको छ ।