काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कान्तिपुरमा कार्यरत बरिस्ठ पत्रकार बलराम बानियाको निधन संकास्पद रुपमा भएको भन्दै यस घटनाको छानविन हुनुपर्ने माग गरेका छन् । आज आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्- शंकास्पद परिस्थितिमा उनको निधन भएकोले गम्भीर छानबिनको माग पनि गर्दछु ।
डा.महतले पत्रकार बानियाको दुःखद निधनले हामी सबैलाई धेरै दुखी बनाएको छ भनेका छन् । उनले भनेका छन्- म सम्पुर्ण शोककुल परिवारजनमा समवेदना व्यक्त गर्दै आत्त्माको चिर शान्तिको कामना गर्दछु ।
सहमहामन्त्री डा महतले पत्रकार बानियालाई लोकतान्त्रिक मुल्य र मान्यताप्रति प्रतिबद्द्ध र निर्भीक पत्रकारिताका लागि परिचित नाम भनेका छन् ।
दुई दिनदेखि सम्पर्कविहीन पत्रकार बानियाको शव मकवानपुरमा भेटिएको थियो । उनको निधन संकास्पद रहेको सर्वत्र बताइएको छ । पत्रकार बानियाको शव पोस्टमर्टमका लागि आजै त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो ।