५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र बिक्री गर्न पाउने

कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र बिक्री गर्न पाउने
अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)मा बुक बिल्डिङ्ग विधि लागू गरेको छ ।

यो विधि मार्फत कुनैपनि कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र विक्री गर्न पाउनेछन् ।

हालसम्म नेपालमा फिक्स प्राइसिङ विधि र प्रिमियम विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन हुँदै आएको छ । फिक्स प्राइसिङ अन्तर्गत लगानीकर्ताले अंकित मूल्य अर्थात एक सय रुपैँयामा आइपीओमा आवेदन दिन पाउनेछन् ।

त्यस्तै प्रिमियम विधि अन्तर्गत पहिले नै आइपिओको मूल्य निर्धारण भएर निष्काशन गरिएको हुन्छ । जसमा संगठित संस्थाको नेटवर्थको बढीमा दुई गुणा सम्मको मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सकिनेछ ।

यी दुई विधिबाट सार्वजनिक निष्काशन गर्ने व्यवस्था गर्दा वास्तविक क्षेत्रका कम्पनीहरु पूँजी बजारमा आकर्षित नभएपछि बोर्डले अन्तर्राष्ट्रिय बजारमा प्रचलित रहेको बुक बिल्डिङ्ग विधिलाई कार्यान्वयनमा ल्याएको बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बताउनुभयो ।

बुक बिल्डिङ भन्नाले धितोपत्रको माग अनुसार र कम्पनीको वित्तीय स्थिति अनुसार धितोपत्रको माग कति हुन्छ र कुन मूल्यमा संस्थागत लगानीकर्ताले किन्न चाहन्छन त्यो आधारमा सार्वजनिक निष्काशनका लागि मूल्य निर्धारण गरिएको हुन्छ । यसरी संस्थागत लगानीकर्ताबाट निर्धारण भएको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारण लगानीकर्ताका लागि धितोपत्र निष्काशन गर्नेगरी बुक बिल्डिङ्ग निर्देशिका २०७७ लागू गरिएको केसीले बताउनुभयो ।

बुक बिल्डिङ्ग विधि लागूभएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ । अवदेखि अंकित मूल्यमा, प्रिमियम मूल्यमा, र बुक बिल्डिङ्ग विधि मार्फत शेयर निष्काशन गर्न सकिने छ ।

बुक बिल्डिङ्ग मार्फत शेयर निष्काशन गर्न अंकित मूल्यको १ सय ५० प्रतिशत नेटवर्थ हुनुपर्ने, विगत तीन वर्ष देखि लगातार मुनाफामा भएको हुनुपर्ने, क्रेडिट रेटिङ औषत अथवा सो भन्दा माथि हुनु पर्ने लगायतका व्यवस्था निर्देशिकामा छ ।

धितोपत्र निष्काशन नियमावली २०७३ को नियम २५ ‘ग’ ले बुक बिल्डिङ्ग विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले निर्देशिका मार्फत थप प्रक्रियागत व्यवस्थाहरु गरेको हो ।

निर्देशिका अनुसार संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्याङ्कनको आधार औचित्य समेत खुलाइएको प्रारम्भिक विवरण पत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

यससँगै न्यूनतम १० योग्य संस्थागत लगानीकर्ताबाट अरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणको सम्बन्धमा सुझाव लिनुपर्छ । त्यसपछि प्राप्त आशय मूल्यको आधारमा २० प्रतिशत थप थर्दा कायम हुने मूल्यमा माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्यमा तल्लो सीमा हुने गरी मूल्यको सीमा निर्धारण हुनेछ ।

संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपछि संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत धितोपत्र निष्काशन गर्नुपर्ने छ ।

संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा विक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी त्यसमा १० प्रतिशत छुट दिई सर्वसाधारण लगानीकर्तालाई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।