१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ



अ+ अ-

काठमाडौं । कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  

लगनखेल स्थित पाटन अस्पतालमा गत सोमबार र मंगलबार स्वाब संकलन गरेका ३४ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । यस्तै प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ५३ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । कोरोना परिक्षण गरिएको ५४ मध्ये एक जनाको भने पुन परिक्षण गर्नु पर्ने एन्फाले बिहीबार जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

नेपालले असोजमा चाईनिज ताईपे र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने तालिका थियो । तर एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट खेल अगामी २०२१ सम्म नहुने सूचना जारी गर्दा टोलीको प्रशिक्षण सुरु नभई स्थगित भएको छ । उपत्यका भन्दा बाहिरबाट आएर होटलमा बसेका सबै खेलाडी बिहीबार घर फर्किएका छन् । विश्वकप छनोट र एसियन कप छनोट २०२१ सम्मको लागि स्थगित भएपछि एन्फाले अर्को सूचना प्रकाशित नहुने समयसम्मका लागि प्रशिक्षण स्थगित गरिसकेको छ ।