५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

रुकुम घटनाका मृतकका परिवारलाई संसदीय छानवीन समितिको सिफारिस अनुसार नगद राहत

रुकुम घटनाका मृतकका परिवारलाई संसदीय छानवीन समितिको सिफारिस अनुसार नगद राहत
अ+ अ-

काठमाडौं । चौरजहारी नगरपालिका, सोती घटना छानवीन संसदीय विशेष समितिको सिफारिस अनुरुप पश्चिम रुकुम सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय भएको छ ।  

यहि साउन २६ गते सोमबारको मन्त्रिपरिषद बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार १० लाखका दरले राहत दिने निर्णय भएको हो । 

गत जेठ २६ गते बसेको प्रतिनिधि सभाको बैठकको निर्णय अनुसार मा। देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय सोती घटना छानवीन संसदीय विशेष समिति गठन भएको थियो । 

समितिले गत असार ३० गते तोकिएको समयभित्रै एकमतले सभामुख अग्निप्रसाद सापकोटालाई पेश गरेको प्रतिवेदनमा घटनाबाट प्रभावित मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति तथा शिक्षा, स्वास्थ्य,रोजगारी, सुरक्षा एवं भरणपोषणको पूर्ण प्रत्याभुति गरिनुपर्ने सिफारिस गरेको थियो ।

यस्तै घाईते युवाहरू, घटना र मुद्दाका विशेष साक्षी भएकोले उनीहरूको स्वास्थ्य उपचार, सुरक्षा तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन भनेको थियो ।
 
प्रतिवेदनको सिफारिस अनुसार नै सरकारले निर्णय गरेपछि समितिका संयोजक देवेन्द्र पौडेलले समितिले गरेको मिहिनेत नेपाल सरकारले पुरा गरेकोमा आभार प्रकट गर्नुभएको छ । उहाँले समितिको टोलि जाजरकोट पुग्दा भेरी नदिसँगै आँशुका बलिन्द्रधारा बगिरहेको स्मरण गर्दै सरकारी निर्णयले पीडित परिवारलाई केही राहत भएको टिप्पणी गर्नुभएको छ । 

सदन नचलेको अवस्थामा संसदीय समितिले बुझाएको प्रतिवेदन सभामुखको आदेशानुसार कार्यान्वयनका लागि संघीय संसद सचिवालयले यहि साउन ८ गते मुख्य सचिव मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाएको थियो । सोहि प्रतिवेदनका आधारमा सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैंया राहत दिने निर्णय भएको पाइएको छ ।  

समितिको प्रतिवेदनमा मृतकका परिवार आर्थिक, सामाजिक दृष्टिले अत्यन्तै कमजोर हुनुका साथै उनीहरूका कम उमेरका विधवा पत्नी र नाबालक सन्तान साथमा रहेकोले उनीहरूको भरणपोषण तथा जीविकोपार्जनका लागि तत्कालै विशेष व्यवस्था गर्न समेत सिफारिस गरेको थियो । 

सोती घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र संजीव विकको मृत्यु भएको थियो । यस्तै भेरी ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुमको चौरजहारी १ का टिकाराम नेपाली गरी छ जनाको मृत्यु भएको थियो ।

सो घटनामा भेरी ४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशिष विक, सुदिप खड्का घाइते भएका छन । यस्तै भेरी ३ का विभाग पुन, इन्द्रगंज शाही, भेरी १३ का भोला विसी, भेरी ११ का गोविन्द सुनार, भेरी ३ का महेश कार्की, सल्यानको कुमाख ४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी ४ का सुनिल सुनार घाइते भएका छन ।