२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

महानगरका कर्मचारीहरु कोरोनाको उच्च जोखिममा

महानगरका कर्मचारीहरु कोरोनाको उच्च जोखिममा
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोना संक्रमितको सम्पर्कमा रहेका वा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई एकैपटक नखटिन दिएको आदेशको दुई महानगरपालिकाले बेवास्ता गरेका छन् ।उपत्यकाको काठमाडौं र ललितपुर महानगरपालिकाभित्र कोरोना संक्रमित देखिएका व्यक्तिसँग निकट भएका परिवार, आफन्त र साथीभाइको कन्ट्याक्ट ट्रेसिङमा खटिने स्वास्थ्यकर्मीलाई बिदा नै नदिई खटाएको पाइएको छ । काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागले कोरोना परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङमा खटिने जनस्वास्थ्य अधिकृतलाई बिदा नदिएको स्वीकारेको छ । विभाग प्रमुख नरेन्द्रमान वज्राचार्यले जनस्वास्थ्य अधिकृतहरुको कमी भएका कारण वैकल्पिक व्यवस्था गर्न नसकेको जानकारी दिए ।

उनले भने– ‘महानगरपालिकाका सबै वडामा खटिनुपर्ने भएकाले बिदाको व्यवस्था गर्न नसकेका हौं ।’ कामपालाई बिदा मिलाएर खटाउनुपर्छ भन्ने विषयमा जानकारी नभएको कारण हालसम्म सबै अधिकृतलाई कोरोना परीक्षण सम्पर्कमा नआएका व्यक्तिलाई खोजी गर्ने र संकलन गरिएको स्वाब परीक्षण गर्न पठाउने काममा खटाइएको छ । कामपाले राजधानीमा कोरोना संक्रमण देखिएलगत्तै परीक्षण गर्ने कामलाई तीव्रता दिएको थियो । त्यस बेलादेखि खटिएका जनस्वास्थ्य अधिकृत हालसम्म सोही काममा परिचालित छन् । कामपामा ३२ वडा छन् ।
सरकारको निर्णय पालना नगरी सबै दिन खटाएकोमा आपत्ति जनाउँदै एक अधिकृतले भने– ‘हामीमध्ये एक जनामा कोरोना संक्रमण देखियो भने सबै जना आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।’

‘हामी हरेक दिन काम गर्छौ, घरपरिवारसँगै बस्ने गरेका छौं’ –उनले भने । घरपरिवारसँग बस्दा जोखिम बढ्न सक्ने विषयमा दुवै महानगरले सोच्ने गरेको छैन । विभाग प्रमुख वज्राचार्यले यो विषयमा मेयर र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गर्ने बताए । कामपाले कोरोना संक्रमण र व्यवस्थापन गर्न आफ्ना २७ जनस्वास्थ्य क्लिनिकका १५ जनालाई परिचालन गरेको छ । वज्राचार्यका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्न ३ जना अधिकृत रहने गरी ५ वटा टोली परिचालन गरिएको छ । टोलीले सम्पर्कमा आएका व्यक्ति पहिचान गरी ३ जना ल्याब टेक्निसियनले स्वाब संकलन गर्ने व्यवस्था गरेको छ । टेक्निसियनले स्वाब संकलन गरेपछि टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रमा परीक्षण गर्न लैजाने व्यवस्था गरेको छ । कामपाले हालसम्म करिब ५ सयको कोरोना परीक्षण सम्पन्न गरेको जनाएको छ ।

ललितपुर महानगरको पनि समस्या त्यस्तै छ । महानगरका कोभिड फोकल पर्सन देवी थापा गुरुङले कन्ट्याक्ट ट्रेसिङमा खटिएका कर्मचारीलाई परेको समस्याको विषयमा महानगरका मेयर चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई जानकारी गराइसकेको बताए । उनले भने– ‘हिजो बिहीबार हाम्रोे बैठक भएको थियो, मेयर र प्रमुख प्रशासकीय अधिकृतज्यूलाई छुट्टै कार्यालय र बस्नका लागि होटल वा कोठा उपलब्ध गराइदिन माग गरेका छौं ।’ कुराकानीको बारेमा जानकारी दिँदै गुरुङले भने– ‘सो विषयमा दुवैजनाले सहमति जनाउनुभएको छ ।’

‘ललितपुर महानगरले ३ जनाको दरले ५ जनाको कन्ट्याक्ट ट्रेसिङ टोली परिचालन गरेको छ । २ जना ल्याब टेक्निसियन छन्, उहाँहरुले स्वाब परीक्षण गर्ने गर्नुभएको छ’ –गुरुङले भने । उनले आफ्नो टिमले छुट्टै क्लस्टर बनाएर काम गरिरहेको जानकारी दिए । ललितपुर महानगरले हालसम्म ५ सयको पीसीआरसहित करिब १ हजार ६ सयको आरडीटी र पीसीआर परीक्षण गरिसकेको फोकल पर्सन गुरुङले बताए । उनले भने– ‘काम गर्न समस्या परेपछि सबैले मिलेर गरिरहेका छौं, सकभर कोरोना संक्रमितसँग टेलिफोनबाट जानकारी लिने गरेका छौं । आवश्यक परे अस्पताल पुर्याउन वा आइसोलेसनमा लैजान टेलिफोनबाटै व्यवस्था मिलाएका छौं ।’

पछिल्लो समय राजधानीका दुई महानगरमा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा दुवै महानगरमा काम गर्ने स्वास्थ्यका कर्मचारीले उच्च जोखिम मोल्दै आएका छन् । दुवै महानगरले एक सिफ्टमा ५० प्रतिशत कर्मचारी बोलाएर काम नगराए राजधानीमा कन्ट्याकट ट्रेसिङमा काम गर्ने कर्मचारीको अभाव हुन सक्ने खतरा बढेको छ । दुई महानगरका स्वास्थ्यकर्मीलाई मात्रै होइन उनीहरुको परिवारमा पनि कोरोना संक्रमण हुन सक्ने खतरा देखिएको छ । नेपाल समाचारपत्र दैनिक